२० आश्विन २०८१ आइतबार
image/svg+xml

बाजुरामा पुनः हिमपात, जनजीवन कष्टकर

सातादिन पछि केहीदिन घाम लागेपनि फेरि बाजुरामा हिमपात सुरु भएको छ। हिमपात र बर्षासँगै बढेको चिसोले जनजीवन कष्टकर बनाएको छ।

बालिका बलात्कार गर्ने अभियुक्त सार्वजनिक

१२ वर्षीय बालिका बलात्कार गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ। गत मंगलबार पक्राउ परेका बुढीगंगा नगरपालिका ८ नुवाकोट बस्ने दलबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।

बाजुरामा छाउ प्रथा अझै हटेन

कानुनले दण्डनीय भने पनि छाउ प्रथा रोकिएको छैन। यस प्रथालाई कायम राख्ने कसैलाई कानुनी रूपमा कारबाही गरिएको पनि पाइँदैन। यही प्रथाका कारण महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको छ। कैयौंले यौनहिंसाको सिकार हुनुपरेको छ। कति छोरीचेली बेचिएका पनि छन्। यस्तो देख्दादेख्दै राज्यले कानुनको प्रभावकारी कार्यान्वन नगरेको यस प्रथाको विरोध गर्नेहरू बताउँछन्।

७० वर्षमा नागरिकता पाउँदाकाे खुशी : नयाँ जुनी पाएकाे महसुस भयाे

खिरीदेवी बुढा उमेरले ७० वर्ष पुगिन्। उनीसँग नागरिकता थिएन्। खप्तड छेडेदह गाउँपालिका ५ बस्ने बुढाले नागरिकता सुरुमा आवश्यक हुन्छ भन्ने थाह पनि पाएकी थिइनन्। जब वृद्धभत्ताका लागि नाम दर्ता गराउन वडा कार्यालय पुगिन्, नागरिकता खोजेपछि उनलाई त्यसकाे महत्व थाहा भयाे।

दश वर्षपछि भेटिए छोरा, घरमा खुशयाली मनाइदैँ

बाजुरामा एक युवा दश वर्षपछि परिवारको सम्पर्कमा आएका छन्। स्वामीकार्तिक खापर गाउँपालिका–३ तत्कालीन जुकोट गाविस–६ का देव लुहार बेपत्ता भएको १० वर्षपछि परिवारको सम्पर्कमा आएका हुन्।

भाडा घटाएकाे भन्दै बाजुरामा जीप सेवा बन्द

भाडा घटाएको विरोधमा जीप व्यवसायीले मार्तडी-कोल्टी जीप सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालयले सर्वपक्षिय बैठकबाट निर्धारण गरेको भाडा दर न्यायिक नभएको भन्दै व्यवसायीले सेवा नै बन्द गरेका हुन्।

साढे दुई महिनासम्म नभेटिएका पत्रकार खड्काको पुनः खोजी सुरु

बुढीनन्दा यात्राबाट कोल्टी फर्कने क्रममा सम्पर्क विहीन बनेका पत्रकार तेजबहादुर खड्का तेजुको खोजी कार्य पुन: सुरु गरिएको छ।

रकम अभावमा निर्माणाधिन कवर्डहल अलपत्र

रकम अभावमा मार्तडीमा रहेको कवर्डहल निर्माण कार्य अलपत्र परेको छ। कवर्डहल निर्माणका लागि कतैबाट पहल नगरिदा निर्माण कार्य बीचमै अलपत्र परेको हो।

बाह्रविसमा विद्युत उत्पादन सुरु

बाजुराको बाह्रविसमा एक सय किलोवाट क्षमताको इकडीगार्ड लघुजलविद्युत आयोजना दोस्रो सञ्चालनमा आएको छ।

स्यालको टोकाइबाट ७ जना घाइते

खप्तड छेडेदह गाउँपालिका–५ स्थित डोगडीमा एकै दिन स्यालको टोकाइबाट ७ जना घाइते भएका छन्। घाइते हुनेमा डोगडीका लालबहादुर रावत, नरबहादुर बुढाथोकी, सुन्धरा बुढाथोकी, बुदी रावत, शान्ति बुढाथोकी, खिरी सुनार र अर्चना रावत रहेकी छन्।

पहिरोले घर बगाउँदा श्रीमतीको मृत्यु श्रीमान घाइते

घर माथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–१ कुडीका नन्दे परिकी ४५ वर्षकी श्रीमती कला परि रहेकी छन्।

लगातारकाे पहिराेले बुढीगंगा नदी थुनिने खतरा

जिल्लाको ठुलो बुढीगंगा नदी थुनिने खतरा बढेको छ। बुढीगंगा र त्रिवेणी नगरपालिकाको बीचमा पर्ने द्धवारीमा त्रिवेणी नगरपालिका–९ पैमाबाट खसेको पहिरोका कारण नदी थुनिने खतरा बढेको हो।

महिला उद्यमीद्वारा जिल्लामै पहिलाे ह्याचरी मेसिन सञ्चालन

अगुवा किसान सरिता रौलेले जिल्लामा कुखुरा उत्पादन गर्ने ह्याचरी मेसिन सञ्चालनमा ल्याएकी छन्। स्थानीय स्तरमै उपलब्ध अण्डाबाटै कुखुराका चल्ला उत्पादन गर्न सरिताले जिल्लामै पहिलो पटक ह्याचरी मेसिन सञ्चालनमा ल्याएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्