२० आश्विन २०८१ आइतबार
image/svg+xml

तापक्रम बढ्दै चिसोबाट राहत

अघिल्लो साताका तीन दिन अत्यधिक चिसो महसुस गरेका राजधानीबासीले अब केही दिन राहत पाउने भएका छन् । पुस २३ देखि २५ गतेसम्म न्यूनतम तापक्रम शून्य रहँदा चिसोले राजधानीबासीलाई अत्याएको थियो ।

चिसोले पोखरीमा माछा मर्न थाल्यो

अत्याधिक चिसो बढेपछि पोखरीमा पालिएका माछा मर्न थालेका छन्। माछा मर्न सुरु भएसँगै व्यवसायिक रुपमा माछापालन गर्ने किसान मर्कामा परेका छन। केही दिनयता आफूले पोखरीमा पालेको १५ टनभन्दा बढी माछा मरेको सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीका माछा किसानअफजल हुसैनले गुनासो गरे।

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आइतबार थप एक महिलाको मृत्यु भएको छ। स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

रौतहटमा चिसोले ज्यान गुमाउनेको संख्या १७ पुग्यो

चिसोले कठ्याँग्रिएर रौतहटमा थप दुई जनाको ज्यान गएको छ। शनिवार बेलुकी सम्म चिसोको कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।

रौतहटमा चिसोबाट १५ जनाको मृत्यु

झण्डै तीन सातादेखि पश्चिमा चिसो वायुसँगै एक्कासी बढेको चिसोको कारण कठ्याँग्रिएर रौतहटमा १५ जनाको ज्यान गएको छ। पुस महिनाको पहिलो हप्तादेखी एक्कासी बढेको कठ्याँग्रिदो चिसोको कारण जिल्लाको जन जिवन प्रभावित हुनुका साथै ठूलो जनधनको समेत क्षति भएको छ।

चिसोबाट सप्तरीमा थप तीन र कपिलवस्तुमा एकको मृत्यु

अत्यधिक चिसोका कारण सप्तरीमा विहीबार साँझ तीन जनाको मृत्यु भएको छ। छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।

कञ्चनपुरमा चिसोबाट तीनको मृत्यु

चिसो कठ्याङग्रिएर कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आश्रय लिइरहेका तीनजना वृद्धवृद्धाको मृत्यु भएको छ। बनखेतस्थित यस सेवा केन्द्रका अध्यक्ष शारदा चन्दका अनुसार चिसोका कारण गत सोमबार, मंगलबार र बुधबार एक/एक जना गरी तीनजनाको मृत्यु भएको हो।

चिसोका कारण सिरहामा थप दुईको मृत्यु

पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक बालिकासहित दुई जनाको मृत्यु भएको छ। अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरका ४१ वर्षीया माकोदेवी पासवानको मृत्यु भएको हो।

अत्यधिक चिसोले बिरामीलाई सकस

अत्यधिक चिसोका कारण दुई सातादेखि जिल्लामा फैलिएको भाइरल ज्वरोका बिरामीको उपचारमा समस्या देखिएको छ । भाइरल रोग प्रभावित क्षेत्रमा पुगेका स्वास्थ्यकर्मीहरूले चिसोका कारण प्रभावकारी सेवा दिन नसकेको र बिरामीलाई पनि निकै सास्ती भोग्नुपरिरहेको बताएका छन् ।

सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु

एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी ६ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

चिसोमा राहत स्वरुप कम्बल

जिल्लाका विपन्न समुदायका लागि चिसोमा राहत स्वरुप कम्बल वितरण सुरु गरिएको छ । बढ्दो चिसोसँगै बगनासकाली गाउँपालिका–७, दैलातुङका बोटे समुदायलाई प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले १३ घरलाई प्रति परिवार २ थान कम्बल वितरण गरेका थिए ।

चिसोका कारण भाइरलका विरामीलाई सकस

अत्यधिक चिसोका कारण दुई हप्ता देखि जिल्लामा फैलिएको भाइरल ज्वरोको विरामीको उपचारमा समस्या देखिएको छ।

चिसोबाट सप्तरीमा एकको मृत्यु

पछिल्लो केही समयदेखि तराईमा बढेको शीतलहरका कारण सप्तरीमा एक व्यक्तिको आइतबार मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–२ बरमझियाका ५५ वर्षीय बेचन शेख रहेको प्रहरीले जनाएको छ।

चिसोबाट कसरी बच्ने ? डा. अरुणा उप्रेतीका टिप्स

पछिल्ला केही दिनयता राजधानी काठमाडौंसहित देशैभर अत्यधिक चिसो बढेको छ । काठमाडौंमा वायु प्रदुषणसहित चिसो बढेको छ । तराईका जिल्लाहरुमा शितलहर चलेको छ । जाजरकोटलगायतका हिमाली जिल्लाहरुमा चिसोसँगै भाइरल ज्वरोका विरामी बढेका छन् । यस्तो अवस्थामा चिसोबाट कसरी घरेलु उपायहरु अपनाएर स्वस्थ रहन सकिन्छ त ? जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका टिप्सहरु उपयोगी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्