भारतीय राष्ट्रपति मुखर्जी पशुपतिनाथमा
तीन दिने राजकीय भ्रमणमा काठमाडाैं अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जी बिहीबार विहान पशुपतिनाथ मन्दिर पुगेका छन्। पशुपतिनाथ मन्दिरमा मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन्।
तीन दिने राजकीय भ्रमणमा काठमाडाैं अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जी बिहीबार विहान पशुपतिनाथ मन्दिर पुगेका छन्। पशुपतिनाथ मन्दिरमा मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन्।
अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ।
वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीले सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको जग्गा प्रयोग गर्न नपाउँदा भारतीय रेल्वेको जग्गा प्रयोग गरेबापत करोडौं रुपैयाँ स्टेसन भाडा र बिलम्ब शुल्क तिरिरहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतका राष्ट्रपति मुखर्जीले भारतको भ्रमण गर्न निम्तासमेत दिएका छन्। भेटका क्रममा मुखर्जीले राष्ट्रपति भण्डारीलाई आफ्नै कार्यकालमा भारतीय राष्ट्रपति निवासमा स्वागतका लागि प्रतीक्षारत रहेको बताएका थिए।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा अनुपस्थित भएका छन्। दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा बुधबार लैनचउरस्थित दूतावासभित्रै दिवा भोज आयोजना गरेको थियो।
पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन्।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गर्ने भएको छ ।
काठमाडौँ- नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरे।
राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएकाे छ। त्यसअवसरमा उनीहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा आईपुगेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौंमा नागरिक अभिन्नदन गरिने भएको छ।
नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गरिन्।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा जाने दिन आज बुधबार लन्डनस्थित नेपाली दूतवास बन्द नहुने भएको छ। नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनका अनुसार परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम दूतावासले आफ्नो नियमितका काम यथावत राखेको हो।
अमेरिकाले भारतमा रहोक आफ्ना नागरिकलाई बिद्रोही समूह इस्लामिक स्टेट आइएसबाट सर्तक रहन आग्रह गरेको छ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिन औपचारिक नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। मुखर्जी इण्डियन एअर फोर्सको विमानबाट मध्यान्ह १२: ३० राष्ट्रपति मुखर्जी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। भारतीय समकक्षीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा पुगेकी थिइन्। मुखर्जीलाइ स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्री तथा विशिष्ट व्यक्ति विमानस्थल पुगेका थिए।