११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पाँच दिनमा एक खर्ब १४ अर्ब डलरको जहाज अर्डर

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा पाँच दिनसम्म चलेको १५औं ‘दुबई एयर सो’ मा करिब एक खर्ब १४ अर्ब अमेरिकी डलरबराबरको जहाज खरिद अर्डर भएको छ । उड्डयन क्षेत्रमा यो नयाँ कीर्तिमान भएको आयोजकले दाबी गरेका छन्।

बिबीलाई जहाज बेच्ने/नबेच्ने निर्णय सञ्चालक समितिबाट

नेपाल वायुसेवा निगमले सञ्चालनमा नरहेको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई आफ्नो ३० वर्ष पुरानो जहाज बेच्ने कि नबेच्ने भन्ने निर्णय आगामी सञ्चालक समिति बैठकमार्फत गर्ने भएको छ।  बिबी एयरवेजले एकथान ठूलो बोइङ जहाज खरिद गर्न डेढ करोड रुपैयाँ दिएर ‘सम्पर्कबिहीन’ भएपछि निगम व्यवस्थापनले सञ्चालक समितिमा यससम्बन्धी प्रस्ताव लगेर निर्णय गर्न लागेको हो।

बुद्धले २ अर्ब लगानीमा दुई जहाज थप्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले २ अर्ब रुपैयाँ लगानी गरी थप दुईथान जहाज खरिद गर्ने घोषणा गरेको छ । यसका लागि बुद्धले पहिलो जहाजको सम्पूर्ण रकम सम्बद्ध कम्पनीलाई पठाइसकेको छ ।  बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजका दुईथान जहाज खरिद गर्न फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरसँग विगतमै समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । अब खरिद गर्न लागिएको सिरिजको जस्तो जहाज बुद्धले हाल चारथान सञ्चालन गरिरहेको छ।

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

नेपाल एयरलाइन्सको एउटा जहाज भैरहवा विमानस्थलमा दुर्घटना भएको छ। ९ एन एकेएस जहाज अवतरण गर्नेक्रममा दुर्घटनामा परेको हो। नेपाल एयरलायन्सका प्रवक्ता दामोदर श्रेष्ठका अनुसार अवतरण गर्ने क्रममा पछाडिको बायाँ पट्टिको टायर पंचर भएर दुर्घटना भएको हो।

थप दुई न्यारो बडी जहाज खरिद गर्ने तयारी सुरु

दुईथान ठूलो आकार (वाइड बडी) जहाज ल्याउन ८ अर्ब रुपैयाँ पठाइसकेको नेपाल वायुसेवा निगमले फेरि थप दुईथान नयाँ सानो आकार (न्यारो बडी) जहाज खरिद गर्ने तयारी सुरु गरेको छ।

नेपाली कन्टेनर बोकेका जहाज समुद्रमै रोकिए

कोलकातास्थित भारतीय बन्दरगाहमा बढेको कन्टेनरको कन्जेसन (भीडभाड)ले गर्दा विदेशबाट नेपालका लागि सामान बोकी आएको कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिनभन्दा बढी समयसम्म पानीभित्र थन्किन थालेका छन् । हरेक वर्ष बढ्दो कन्टेनर संख्या व्यवस्थापन गर्न पुरानो पूर्वाधार र प्रणालीले नधानेपछि नेपाली आयात मारमा परेको हो ।

दुइटा चिनियाँ जहाजलाई एक क्याप्टेन

चिनियाँ जहाज उडाएर एक पैसा नाफा गर्न नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई ती जहाज अब साँँच्चिकै घाँडो भएका छन् । निगमले १७ सिट क्षमताका दुईथान चिनियाँ जहाजबाट आन्तरिक उडान गरिरहे पनि यसका दुई क्याप्टेनले अकस्मात राजीनामा दिएपछि जहाज थन्किने निश्चित भएको छ ।

बुध्द एयरले तीन वटा एयरबस जहाज किन्ने

बुध्द एयरले २० वर्षे यात्रा पुरा गरेको छ। बुध्द एयरले आफ्नो प्रथम उडान अमेरिकामा निर्मित बीच १९००‘डी’ बाट पर्वतीय श्रृंखलाको मनोरम यात्राबाट शुभारम्भ गरेको थियो। सो उडान करिब १ घण्टाको थियो।

सिड्नी विमानस्थलमा जब दुई जहाज आमनेसामने भए

अष्ट्रेलियाको सिड्नी विमानस्थल अष्ट्रेलियाको एउटा महत्वपूर्ण विमानस्थल हो। यो विमानस्थल आधारित भएर क्वान्टास एयरवेज सञ्चालन हुन्छ। यो बाहेक भर्जिन अष्ट्रेलिया, जेटस्टार एयरवेजसहितका विमान कम्पनीहरुले पनि यो विमानस्थललाई आफ्नो दोस्रो हबको रुपमा राखेका छन्।

जापानी जहाजमा चरा ठोक्किँदा आकस्मिक अवतरण

जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो ।

जहाज लिन निगमका २० कर्मचारी सिंगापुर

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ ।

ब्राजिलमा पानी जहाज डुबेर १९को मृत्यु

ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ।

जहाज भित्रै केक काटेर वार्षिकोत्सव

नेपाल वायु सेवा निगमले राष्ट्रिय ध्वजावाहक जहाज नेपाल  युएई सिधा उडान सुरु गरेको एक वर्षको अवसरमा बार्षिकोत्सव मनाएको छ ।  नेवानिले शुक्रबार बिहान दुबईबाट नेपाल जाँदै गरेको (9N-AKW)जहाजको उडान नम्बर (RA - २३०) भित्र  यात्रुहरुसँगै केक काटेर वर्षिकोत्सव मनाएको हो ।  वर्षिक उत्सवको अवसरमा युएईबाट नेपाल जाने यात्रुहरुकोबीचमा  नेवानिले लक्की ड्र गरी बिजेतालार्इ दुईतर्फी  टिकट र अन्य पाँच जनालाई सात्वना स्वरुप मायाको चिनो प्रदान गरेको छ ।

श्रीले पायो जहाज उडान अनुमति

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सलाई ‘फिक्स्ड विङ’ जहाजबाट नियमित व्यापारिक उडान गर्न अनुमति दिएको छ ।

भारतलाई २० वर्षमा थप २१ सय जहाज चाहिने

भारतका वायुसेवा कम्पनीहरूलाई आगामी दुई दशकभित्र थप २ हजार १ सय थान नयाँ जहाज आवश्यक पर्ने बजार प्रक्षेपण गरिएको छ। अमेरिकी जहाज निर्माता कम्पनी बोइङले गरेको बजार अध्ययनले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्