४ पुस २०८१ बिहीबार
image/svg+xml

नाइजेरिया सैनिक कारबाहीः २९ जना मारिए

आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताए। आज मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाकु हुन्।

बाँकेमा बाघ आतङ्क: तीन महिनामा तीन जनाको लियो ज्यान

बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ। पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ।

अध्ययन बिना संरचना भत्काइएपछि स्थानीयवासी आतङ्कित

काठमाडौँ महानगरपालिकाको १४नं वडा कार्यालयले बल्खुस्थित बन्धुदत्त मार्ग र नक्षत्र मार्गको सङ्मस्थलमा ढल व्यवस्थापनका नाममा सडक खन्दा त्यस क्षेत्रमा आवतजावत गर्ने बासिन्दालाई असर परेको छ।

स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात जना घाइते

स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन्। प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान सुरु गरेको छ।

डोटीमा चितुवा आतङ्क, स्थानीयवासी चिन्तित

शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन्। स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेको छ।

बौद्धिक आतङ्क विनाशको संकेत

हाम्रो देशमा बौद्धिक आतङ्क मच्चाउने बौद्धिकहरुको पनि कमी छैन। नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको क्रिडास्थल बनेको छ। विश्वमा धर्म र संस्कृतिको औपनिवेशीकरण भैरहेको छ।

कोभिड–१९ बाट बँच्न नमस्ते गरौँ, मन बलियो बनाऔँ

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कोभिड–१९ बाट आतङ्कित नहुन आग्रह गरेका छन।

आतङ्कवादसम्बन्धी मुद्दामा जेल परेका व्यक्ति ‘लन्डन ब्रिज’ आक्रमणकारी

चक्कु आक्रमणकारीलाई रोक्न खोज्ने सर्वसाधारणको बेलायतभर प्रशंसा भएको छ। प्रशंसा गर्नेमध्येमा प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी नेता जेरेमी कोर्बिनसम्म रहेका छन्।

आतङ्कवादसम्बन्धी चिनियाँ प्रस्तावमा ५४ देशको समर्थन

आतङ्कवादका विरुद्धमा चीनले अघि सारेको प्रस्तावमा विश्वका ५४ देशले समर्थन गरेका छन्। चीनले प्रति आतङ्कवादका विषयमा संयुक्त राष्ट्रसंघीय एक सत्रमा राखेको प्रस्तावको ती राष्ट्रहरुले समर्थन गरेका समाचारमा जनाइएको छ।

उपमहानगरभित्रै बाँदर आतङ्क

पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन्।

महोत्तरीका बस्तीमा बँदेल आतङ्क

दशैँकै बेला जिल्लाका भङ्गाहा, गौशाला र बर्दिवास नगरपालिकाका बस्तीमा बँदेल आतङ्क बढेको छ । पछिल्ला तीन दिनयता १०÷१२ को सङ्ख्यामा बारी पसेका बँदेलले चार कट्ठाभन्दा बढीको कोभी तरकारीका हुर्कदो बिरुवा उखेलेर र माडेर मैदान बनाएको भङ्गाहा–४ का किसान चन्देश्वर राय दनुवारले बताउनुभयो । भङ्गाहा नगरपालिकाको रामनगर, थारुटोलबनरा, प्रेमनगर, सीतापुर धतियाटोल र राजपुरमा जङ्गली बँदेलको बिगबिगी बढेको छ ।

दिल्लीकाे नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी

भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन्।

बाँदर आतङ्कले खेतबारी बाँझै

बैतडी सदरमुकाम क्षेत्रमा विगत केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ। खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई आक्रमण गरी घाइते बनाउनाका साथै खेतबारीमा लगाएको अन्नबाली, फलफूल र घरभित्र पकाएर राखेको खानासमेत बाँदरले खाने गरेको छ।

बुर्किना फासोमा आतङ्ककारी आक्रमण, २९ जनाको मृत्यु

उत्तर फुर्किना फासोमा आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले सोमबार जनाएका छन्।

सिञ्जामा भालु आतङ्क

जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन्। बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन्। गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न गरेकाे वडा नं ६ भाडगाउँका जयलाल रावतले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्