१२ मंसिर २०८१ बुधबार
image/svg+xml

रुट पर्मिट नभएका गाडी नचल्दा हवाइ जहाजमा यात्रुको भीड

रुट पर्मिट नभएका सवारी साधनको संञ्चालनमा प्रशासनले रोक लगाएपछि खोटाङका यात्रु हवाई जहाजबाट यात्रा गर्न बाध्य भएका छन्। सडक यात्राको तुलनामा हवाइ यात्रा निकै महँगो हुने भएकोले स्थानीय मारमा परेका छन्।

वन्यजन्तु आरक्षभित्र शिव धाम, दर्शनार्थीकाे भीड

वीरगंज– साउन महिनाको अन्तिम सोमबार पर्सा वन्यजन्तु आरक्षको बीच भागमा पर्ने भाठा धाम भनिने दुग्धेश्वरनाथ महादेवको दर्शनका लागि लाखौं दर्शनार्थीहरुको भीड लागेको छ। साउनभरी अनावरत चल्ने भाठा मेलामा अरु दिनहरुको तुलनामा दर्शनार्थीहरुको भिड अन्तिम सोमबार अत्याधिक रहेको मेला समितिका विगा महतोले बताए।

साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिमा भीड

साउन महिनाको अन्तिम सोमबार आज बिहान ३ बजेदेखि पशुपतिमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार बिहान ३ बजेदेखि पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

'लाल जोडी'मा कमेडियनको भीड

कमेडी फिल्म 'लाल जोडी'को पहिलो झलक सार्वजनिक भएको छ। नक्कली बाबुराम भट्टराईका रुपमा दर्शकमाझ चिनिएका कलाकार ज्योति काफ्लेको प्रमुख भूमिका फिल्ममा हेर्न पाइनेछ। उनले नक्कली बाबुरामको गेटअपलाई निरन्तरता त दिएकै छन्, त्यसबाहेक 'हिरो'को अवतार पनि धारण गरेका छन्।

साउनको सोमबार पशुपतिमा बिहानैदेखि भीड

साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

टर्कीमा सैन्य कू, भीडन्तमा कम्तिमा ४२ जनाको मृत्यु

टर्कीमा सैनिकहरुको एक समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ। शुक्रबार राति नागरिक सरकार अपदस्थ गरी प्रशासन आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको हो। घोषणासँगै अहिले टर्कीमा अन्योल छाएको छ। टर्कीको राजधानीलगायत प्रमुख सहरमा सेना परिचालन गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्