२० लाख पर्यटक लक्ष्य भेट्नेमा सन्देह
सरकारले सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सन् २०१७ मा नेपालमा १० लाख ६० हजार विदेशी पाहुना आएको पर्यटन बोर्डको अनुमान छ । अबको दुई वर्षमा अहिलेको आगमन दोब्बर पुर्याउन सके मात्र सरकारी लक्ष्य पूरा हुनेछ ।