७ आश्विन २०८१ सोमबार
image/svg+xml

ललितपुर महानगरमा कांग्रेसको अग्रता कायमै

ललितपुर महानगरपालिकाको २० वडासम्मको औपचारिक मत परिणाम घोषणा भएको छ। हाल २२ र २३ को घोषणाको तयारी र वडा नम्बर २४ को मतगणना अन्तिम चरणमा पुगेको छ। महानगरमा रहेका २९ वडामा हालसम्मको मतपरिणाममा मेयर र उपमेयरमा कांग्रेसकै अग्रता रहेको छ।

ललितपुर महानगरपालिकामा काँग्रेसका चिरीबाबु अगाडि

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जन अग्र स्थानमा छन् । पछिल्लो मत परिणाम अनुसार महर्जनले १६६९३, मत पाएका छन्। त्यस्तै एमालेका उम्मेद्वार हरिकृष्ण व्यन्जनकारले १४९०९ मत ल्याएका छन्।

अन्तर्घात गरेको भन्दै ललितपुरका माओवादी उम्मेदवारद्वारा पार्टी परित्याग

ललितपुर महानगरपालिकाका एक जना माओवादी उम्मेदवारले आफ्नै पार्टी कार्यकर्ताले षड्यन्त्र गरेर आफूलाई हराएको भन्दै पार्टी परित्याग गरेका छन्। ललितपुरको ११ नम्बर वडाका माओवादी वडाअध्यक्ष उम्मेदवार अरोजकुमार खड्गीले अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै पार्टी परित्याग गरेको पत्र पेरिसडाँडामा बुझाएका हुन्।

ललितपुर महानगरपालिका –१५ मा मुचुल्काभन्दा बढी मत भेटियो

ललितपुर महानगरपालिको मत गणनामा विवाद आएपछि मतगणना रोकिएको छ । महानगरको वडा नं १५ मा मुचुल्का भन्दा बढी मत देखिएपछि मतगणनामा विवाद आएको हो ।

ललितपुरमा साझाले पायो न्यानो स्वागत

ललितपुर महानगरपालिको मतपरिणामको पूर्व अनुमानलाई गलत सावितगर्दै माओवादी केन्द्रका उम्मेदवारलाई साझा पार्टीले निरन्तर पछि पारिरहेका छन्। उपमेयरमा साझाकी शोभा शाक्य दोस्रो स्थानमा छिन्।

ललितपुरको दुर्गममा माओवादी, सुगममा कांग्रेस–एमाले

ललितपुरका दुई नगरपालिकामध्ये एउटा नेपाली कांग्रेसले जितेको छ। गोदावरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका थिए।

अाफ्नै वडामा वर्चश्व राख्न सकेनन् ललितपुरका मेयर उम्मेदवारले

ललितपुर महानगरपालिकाको मत गणना निकै रोचक र सनसनीपूर्ण बन्दै गएको छ। महानगरका २९ वडामध्ये नौ वडासम्मको नतिजामा आईपुग्दा दोस्रो पटक झिनो मतानन्तरले एमाले अघि लागेको छ।

ललितपुरमा राप्रपालाई एमालेको धोका !

स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडा भएको तलमेललाई मतदाताले अस्वीकार गरिदिएका छन्। एमाले मतदाताको सहयोग नपाउँदा महानगरपालिकाका ७ वडाको मतपरिणाम आउँदा राप्रपा वडा सदस्यमा समेत विजयी हुन सकेको छैन।

ललितपुर महानगरमा साझाले माओवादी उछिन्यो

ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा साझा पार्टीका मेयर र उपमेयर उम्मेदवारले माओवादीभन्दा राम्रो मत पाइरहेका छन्। दुवै उम्मेदवार माओवादीलाई उछिन्दै तेस्रो स्थानमा छन्।

ललितपुर महानगरमा काँग्रेसको अग्रता, साझा पार्टी तेस्रो

ललितपुर महानगरपालिकामा काँग्रेसले अग्रता लिएको छ। काँग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जन ६०८४ मतका साथ अग्रस्थानमा छन्। एमालेका हरिकृष्ण ब्यञ्जनकार ५७७४ मतका साथ दोस्रो स्थानमा छन्।

दुई महानगरमा कांग्रेस उपमेयर अगाडि, उम्मेदवारनै नभएको ललितपुरमा एमालेलाई मत

स्थानीय तह पहिलो चरणको मत गणना जारी भइरहँदा काठमाडौंको उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छिन्।

ललितपुर महानगरपालिका २ मा एमाले प्यानल विजयी

ललितपुर महानगरपालिका २ मा  नेकपा एमालेका राजेशकुमार महर्जन सहितको प्यानल विजयी भएको छ । वडा नम्बर दुईमा कांग्रेसका पवन बिष्ट निकटतम प्रतिद्वन्दी रहेका थिए।

महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरमा मतदान

सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्।

ललितपुर महानगरपालिकाः एक नम्बर वडामा काँग्रेस विजयी

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले विजय सुरुवात गरेको छ। निर्वाचन कार्यालयकाअनुसार कांग्रेस उम्मेदवार ललितपुर वडा नम्बर एकमा वडा अध्यक्ष र तीन सदस्यमा विजयी भएका छन्।

ललितपुरमहानगरमा काँग्रेसको अग्रता

ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ । जारी मत गणनामा प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा छन्, भने नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा माओवादी केन्द्रका दिनेश महर्जन ११२ मतका साथ तेस्रो स्थानमा छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्