७ आश्विन २०८१ सोमबार
image/svg+xml

ललितपुर महानगरमा कांग्रेसको अग्रता

ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जनले २१८ मत सहित अग्रता लिएका छन्। यस्तै एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८४ मत र माओवादी केन्द्रका दिनेश महर्जनले ८३ मत ल्याएका छन्।

ललितपुरमा एमालेले खाता खोल्यो

ललितपुरको महाँकाल गाँउपालिका वार्ड नम्बर ६ ठुला दुर्लुङको मतगणना सकिएको छ। निर्वाचन कार्यालयका अनुसार उक्त वडामा नेकपा एमालेका रामकृष्ण आर्चाय ३६१ मत त्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका थिए।

ललितपुर महानगरपालिकाको मतगणना ११ बजेबाट हुने

ललितपुर महानगरपालिकामा आजबाटै मतगणना हुने भएको छ। महानगरका मतपेटिका मत गणनाको लागि स्टाफ कलेज ल्याइपुर्‍याइएको छ।

काठमाडौं र ललितपुर महानगरपालिकाका मतपेटिका गणनास्थल पुर्‍याइदै

स्थानीय तहको पहिलो चरणको मतदान सम्पन्न भएलगत्तै उपत्यकाका दुई महानगरका मतपेटिका सभागृह र स्टाफ कलेज लगिएको छ।

ललितपुरमा १३१ मतदान केन्द्र, ११ अति संवेदनशील

नेपाली सेनासहितको जिल्ला सुरक्षा समितिले गोप्य सूचना र सुरक्षा विश्लेषणपछि जिल्लाका एक सय ३१ मतदान केन्द्रलाई तीन तहमा विभाजन गर्दै सुरक्षा प्रबन्ध मिलाएको छ।

मेयर प्रत्यासी भन्छन् -‘समृद्ध ललितपुर मुख्य अजेन्डा’

ललितपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारले एउटै मञ्चबाट आर्थिक आत्मनिर्भर र समृद्ध ललितपुर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्पदा, कला र संस्कृति तथा कृषिमार्फत ललितपुरलाई समृद्ध बनाउने योजना सुनाएका हुन् ।

ललितपुरको ‘दुर्गम’ मा प्रचार तीव्र

राजधानीसँग जोडिएर पनि यातायात, खानेपानी, स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेका ललितपुरका दुर्गम गाउँपालिकामा यति बेला निर्वाचनको रौनक बेग्लै छ । ललितपुरको ‘कर्णाली’ उपमा पाएका आश्राङ, गिम्दी, ठुलादुर्लुग, भारदेउ, नल्लु र कालेश्वरजस्ता गाविस समेटेर हाल बागमती, महाँकाल र कोन्ज्योसोम गाउँपलिका बनेका छन् । तीनवटै गाउँपालिकाको सरदर मतदाता संख्या ८ हजारको हाराहारी रहे पनि एउटा गाउँमा घरदैलो कार्यक्रममै दिन बित्ने अवस्था रहेको छ ।

फरक सपना देख्दैछ ललितपुर

हुलका-हुलका मान्छे तछाडमछाड गर्दैछन। गेट बाहिर धिमेबाजामा अर्को हुल नाच्दै छ। राता, हरिया र सेता रंगिन झण्डा गेट बाहिर फहराउँदैछन्। लाग्छ सिंगो ललितपुर यतिबेला जात्रामा छ। र, ललितपुरबासी जात्रामा सहभागी भइरहेका छन्।

ललितपुरमा नयाँ शक्तिकी पोडे निर्विरोध वडा सदस्य

ललितपुर महानगरपालिकामा नयाँ शक्ति पार्टी, नेपालकी उम्मेदवार वीनाकुमारी पोडे वडा सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्।

ललितपुरको महालक्ष्मी स्थानमा आगलागी,  तीन घाइते

ललितपुरको महालक्ष्मीस्थानमा बुधबार विहान आगलागी हुँदा तीन जना घाइते भएका छन् भने १ करोड भन्दा बढी धनमालको क्षति भएको छ ।

ललितपुर महानगरः कांग्रेसबाट बागी उम्मेदवार

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार उठेका छन्। पार्टीले आधिकारिक उम्मेदवार मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याललाई तोके पनि पुराना नेता प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

ललितपुरमा को को छन् मेयर र उपमेयरका उम्मेदवार ?

ललितपुर महानगरपालिका मेयरमा नेपाली कांग्रेसबाट चिनिबाबु महर्जनले उम्मेदवारी दिएका छन् । कांग्रेसबाटै उपमेयरमा गीता सत्यालको उम्मेदवारी दर्ता भएको छ ।

काठमाडौं र ललितपुर महानगरमा एमाले-राप्रपाबीच चुनाबी तालमेल

राजधानी भित्रका दुई मुख्य महानगरपालिकाहरु काठमाडौं र ललितपुरमा नेकपा एमाले र राप्रपाबीच चुनाबी तालमेल हुने भएको छ। सोमबार राति सरकारबाट बाहिरिएको राप्रपा त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षसँग गठबन्धन निर्माण गर्न सफल भएको हो।

ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा

वर्षा र सहकालका देवता रूपमा परिचित रातो मच्छिन्द्रनाथको जात्राअन्र्तगत बिहीबार मच्छिन्द्रबहालमा राखिएको मच्छिन्द्रनाथ देवतालाई खटमा राखी रथमा विराजमान गराइएको छ।

ललितपुर मेयरमा कांग्रेसका ४ सिफारिस, चित्रकारको सम्भावना बलियो

ललितपुर उपमहानगरपालिकाको प्रमुख(मेयर)मा नेपाली कांग्रेसबाट ४ जनाको नाम सिफारिस भएको छ । सिफिरिसमा पर्नेहरुमा बाबुराजा चित्रकार, भरतलाल न्याछ्य, प्रेमकृष्ण महर्जन र चिनिबाबु महर्जन रहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्