७ आश्विन २०८१ सोमबार
image/svg+xml

ललितपुरमा क्लिन स्वीपपछि बाम र्‍याली (फोटो/भिडियो)

जिल्लाका तीन प्रतिनिधि सभा क्षेत्र र ६ वटा प्रदेश सभा क्षेत्रमा विजय हाँसिल गरेको उपलक्ष्यमा बाम गठबन्धनले सोमबार बृहत् र्‍याली आयोजना गरेको छ। जाउलाखेलबाट सुरु भएको र्‍याली मंगलबजार, पाटन सुन्धारा, मंगलबजार लगनखेल पुगेर समापन भएको थियो।

ललितपुर १ मा नवराज सिलवाल विजयी

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उदय शम्सेर राणालाई पराजित गरेका हुन्। सिलवालले २६९४७ मत प्राप्त गरे भने राणाले २०७२९ मत प्राप्त गरेका छन्। सिलवाल नेपाल प्रहरीका पूर्व डिआइजी हुन्। राणा वर्तमान अर्थराज्यमन्त्री हुन्।

ललितपुर-३ मा पम्फा भुसाल विजयी

प्रतिनिधिसभा–३ मा नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयी भएकी छिन्। भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाए।

ललितपुर २ मा एमालेका महर्जन विजयी

प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा(एमाले)का कृष्णलाल महर्जन विजयी भएका छन्। उनले २७ हजार ७१३ र उनका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत ल्याए।

ललितपुरको तीनै क्षेत्रको एक्जिट पाेल यस्तो छ

ललितपुर जिल्लाको एक्जीट पोलमा क्षेत्र नं १ मा एमालेका उम्मेदवार नवराज सिलवाल ३८ प्रतिशत मतसहित अगाडि देखिएका छन् भने कांग्रेसका उदय शम्शेर जबरा उम्मेदवार ३७ प्रतिशत सहित दोस्रो र विवेकशिलका केशव प्रसाद तिमल्सिना तेस्रो स्थानमा छन् ।

काठमाडौ र ललितपुरको एक्जिट पोल नतिजा केहीबेरमा

अहिले एकै क्षणमा नेपाल रिपब्लिक मिडियाका डिजिटल आउटलेटहरु नागरिकन्यूज डट कम र माइरिपब्लिका डट कममा काठमाडौ र ललितपुरमा गरिएका एक्जिट पोलको नतिजा सार्वजनिक हुँदैछ । प्रतिक्षा गर्नुहोस् ।

ललितपुरमा बम विष्फोट

ललितपुरको लगनखेल नजिकै बम विष्फोट भएको छ। वाम गठवन्धनको चुनावी सभालाई लक्षित गरेर बम विष्फोट भएको थियो। नमुना मछिन्द्र मावि नजिकै भएको बम विष्फोटले विद्यालयका झ्याल ढोकामा क्षति समेत पुगेको छ।

ललितपुर १ मा उदयसम्शेर राणाको प्रतिस्पर्धा पूर्व डिअाइजी नवराज सिलवालसँग

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

ललितपुरको कुसुन्तीमा गोली लागेर एकको मृत्यु

ललितपुरको कुसुन्तीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । लागु औषध कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रबिन खत्रीलाई प्रक्राउ गर्न खोज्दा उनको मृत्यु भएको हो।

ललितपुरका पराजित एमाले उम्मेदवारको मुद्दा पेशी अाज

स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बनेका हरिकृष्ण ब्यञ्जनकारले पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेका छन्।

ललितपुरको मेयरमा महर्जन

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा कांग्रेसकै गीता सत्याल विजयी भएका छन्। मंगलबार राति मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवैलाई निर्वाचित भएको प्रमाणपत्र दिएको हो।

महानगरको पहिलो मत परिणाम : ललितपुरमा काँग्रेस विजयी

धेरैको चासोको विषय बनेको चार महानगर मध्ये ललितपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छ । निकै नै प्रतिष्पर्धात्मक रुपमा अगाडि बढेको मतगणनासम्पन्न हुँदा ललितपुरमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

ललितपुर महानगरमा काँग्रेसको २ सय मतको अग्रता

ललितपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतिर पुग्नै लाग्दा काँग्रेस-एमालेबीच प्रतिस्पर्धा चुलिएको छ। चार वटा वडाको मतगणना बाँकी रहँदा काँग्रेस मेयर प्रत्यासी चिरिबाबु महर्जन एमालेका मेयर प्रत्यासीभन्दा २०३ मतले अगाडि छन्।

ललितपुर-२२ मा माओवादी उम्मेदवारको २ मतको रोमाञ्चक जित

निर्वाचनमा प्रत्येक भोट मूल्यवान हुन्छ भनिन्छ। यो भनाई ललितपुर महानगरपालिकाको जारी मतगणनामा प्रत्यक्ष देखिएको छ। २२ नं.वडाका माओवादी वडाअध्यक्ष प्रत्यासी अम्बिराज शाक्यले दुई मतको रोमाञ्चक जित हात पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्