पर्यटक लोभ्याउँदै घुम्टे
बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ।
बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ।
नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ।यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन्।
जनप्रतिनिधि भएर आएको करिव तीन महिनासम्म शुभकामना तथा बधाइ थाप्दै ठिक्क भयो । गत साउनमा नगरपरिषदबाट बजेट तथा नीति कार्यक्रम ल्यायौं । बाहुन टोलमा खानेपानीको हाहाकार थियो । हामी आएसँगै विशमभारा जंगलबाट पानी ल्याएर वितरण गरेका छौं, जसबाट २९ घरधुरी लाभान्वित भएका छन्।
उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरीमा नयाँ वर्षको अवसरमा पर्यटक र भक्तजनको भिड लागेको छ। नयाँ वर्षलाई स्वागत गर्दै हरेक वर्ष लगाइने बहुकार्यक्रमिक ३ दिने मेलामा यो वर्ष विगत वर्षहरुको तुलनामा १० गुणा बढी पर्यटक तथा तीर्थयात्रीहरु आएका छन्।
जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुईचो लागेको छ।
नयाँ वर्षको पहिलो दिन शनिबार ३ हजार ७ सय ९४ मिटर उचाईको ताप्लेजुङमा अवस्थित पाथिभरा चुलीबाट नयाँ पर्यटकीय पदमार्गको घोषणा गरिएको छ।
प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ।
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । यसले विकास निर्माण अस्तव्यस्त थियो । वडामा खानेपानीको हाहाकार थियो । हामी आएसँगै भक्तपुरको सीमा क्षेत्रबाट खानेपानी ल्याएर सामूहिक धाराबाट वितरण गरेका छौं।
पर्यटकीय क्षेत्र लाङटाङ घुम्न आएका एक जना विदेशी पर्यटकको ज्यान गएको छ। मृत्यु हुनेमा जर्मनका निल्स ज्याकल रहेका छन्।
चैत पहिलो साता अन्नपूर्ण आधारशिविर (एबिसी) घुमेर पोखरा फर्कदै गर्दा कोरियाली पदयात्री जी आईले बाटो बिराइन् । चल्तीको बाटो छाडेर जंगल र खोंचमा पुगेकी उनको आठ घन्टापछि उद्धार भयो ।
फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।सुन्दर पर्यटकीय स्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन्।
गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन।
ललितपुरमा रहेको नेपालको एकमात्र चिडियाखाना अवलोकन गर्ने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ। जैविक विविधताको संरक्षणका लागि विस १९८९ मा श्री ३ जुद्ध शमशेरले स्थापना गरेको सदर चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोष गरेसँगै पर्यटकहरुको संख्यामा वृद्धि भएको हो।
पदयात्रा (ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन्।
दक्षिण कोरियाका पर्यटकलाई नेपाल ल्याइरहेका यहाँका पर्यटन व्यवासायीले कोरियालीको भ्रमण सहज र सुरक्षित गराउने उद्देश्यले नयाँ संघ स्थापना गरेका छन्।