१५ मंसिर २०८१ शनिबार
image/svg+xml

औषधिजन्य जडिबुटीको उत्पादन वर्षेनी घट्दै

इलाममा वर्षेनी औषधिजन्य जडिबुटीको उत्पादन घट्दै गएको छ। चिराइतोलगायत जडिबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडिबुटी खेती घटाउँदै लगेका हुन्।

इलाममा यातायात सुचारु गर्ने सहमति

यातायात मजदुरले ४ दिनदेखि गरेको सवारी हड्ताल इलामका लागि भने खुला हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बिहीबार दिउँसो यातायात व्यवसायी, मजदुर र प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलमा हड्ताल नगर्ने सहमति भएको हो।

निर्मलाकाे पक्षमा न्यायकाे माग गर्दै इलाममा प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीकाे माग गर्दै इलाममा सोमवार दबाब र्‍याली आयोजना गरिएको छ।

एन्फा ग्रासरुट ट्रेनिङ सुरु

नयाँ फुटबल खेलाडी उत्पादनका लागि इलाममा ‘ग्रासरुट ट्रेनिङ’ थालिएको छ। सदरमुकामसहित जिल्लाका विभिन्न स्थानीय तहमा ५ देखि १२ वर्षका बालबालिकालाई फुटबल सीप सिकाउन थालिएको हो।

सिआइबीले समात्यो फरार दोषी

जवर्जस्ती करणी मुद्दाका फरार दोषीलाई इलामबाट पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरीको संयुक्त टोलीले ४१ वर्षे नेत्र तिम्सिनालाई इलाम सदरमुकामको बसपार्कबाट पक्राउ गरेको हो।

राँके बजारमा भीषण आगलागी अपडेट : क्षति बढ्दै, दमकल पुगेनन्

इलामको देउमाई नगरपालिका–१, राँके बजारको एक घरमा आगलागी भइरहेको छ। पाँचथर र इलामको सीमा राँकेमा ठालुमान श्रेष्ठको घरमा केही बेरदेखि आगो लागिरहेको प्रहरीले जनाएको छ।

मध्य भदौमा चोकबजारमै रोपाइँ (फोटो फिचर)

हल गोरु अघि–अघि, पछि–पछि बाहुसे। रोपाहारको लर्काे उसैगरी लागेको छ। सबै रोपाहारले हात–हातमा धानको बीउ बोकेका छन्। रोपाहारलाई बीउ पुर्याउन अर्का पुरुष डोकामा धानको बीउ बोकेर हिँड्दैछन्। कोही दमाहा र ट्याम्को बजाएर बेठी लगाउँदैछन्।

मेहनतले फेरिँदै गाउँ

इलामको सूर्याेदय नगरपालिका–१२ का मित्र राई स्नातकोत्तर तहसम्मको अध्ययन गरेर घर फर्के। उनलाई पैसा कमाउन फलानो जागिर खानुपर्छ, फलानो व्यापार गर्दा मनग्य पैसा कमाउन सकिन्छ भन्नेजस्ता ‘अर्ति’ दिनेको संख्या थोरै थिएन।

हरियो चियामा उठेन लगानी

देशका नौ हजारभन्दा बढी किसान चियामा व्यावसायिक भएपनि उनीहरूले चिया बेचेर उत्पादनमा हुने लगानी उठाउन सकेका छैनन् । हरियोपत्तीको मूल्य ज्यादै कम भएका कारण लगानी उठ्न नसकेको किसानको गुनासो छ।

इलाममा आइपिएल क्रिकेट हुने

पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको इलाम प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता आउँदो कार्तिक पहिलो साता सदरमुकाममा आयोजना गरिने भएको छ। ठूलो टुँडिखेलमा हुने १ नम्बर प्रदेशस्तरीय प्रतियोगिता जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको हो।

खेलाडीले भत्काइदिए तरकारी पसल

इलाम बजारको सानो टुँडिखेलमा साविकको तरकारी बजार सारिएपछि खेलाडी र तरकारी पसलेबीचको विवादले उग्र रूप लिएको छ।

इलाममा स्कुले बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका १, बाघखोरमा सोमबार भएको स्कुल बस दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको इलाममा उपचार हुन नसकेपछि झापाको बि एन्ड सी अस्पताल लगिएको छ।

इलाम नगरलाई २ सय ३० कर्मचारी चाहिने

इलाम नगरपालिकाले स्थानीयलाई सेवा दिन नगरलाई २ सय ३० कर्मचारी दरबन्दी आवश्यक रहेको जनाएको छ। नगरपालिकाले प्रत्येक वडामा कम्तीमा ३ कर्मचारी आवश्यक रहेको भन्दै संघीय सरकारलाई सुझाव पठाउँदैछ।

पेट्रोलियम पदार्थमा पनि स्थानीय निकायको कर

प्रदूषण नियन्त्रण शुल्क भन्दै  इलाम नगरपालिकाले डिजेल र पेट्रोलमा  प्रतिलिटर ५० पैसा कर लगाएको छ । नगरपालिकाले डिजेल र पेट्रोल उपभोग गरबापत कर उठाउन थालेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्