५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेकपाको सचिवालय बैठक शुक्रबार

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको युरोप भ्रमणअघि रोकिएको सचिवालय बैठक शुक्रबार पुनः बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार दिउँसो भेटघाट भएपछि रोकिएको बैठक शुक्रबारका लागि तय भएको हो ।

नेकपाको केन्द्रीय सदस्य कार्यविभाजन शुक्रबार टुंगिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार सचिवालय बैठक बोलाएको छ। बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएपछि शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको हो।

जिम्मेवारी बाँडफाडमा विवाद

नेपालसहितका केही नेता दोहोरो जिम्मेवारीको विपक्षमा उभिएपछि सचिवालय बैठक बिनानिष्कर्ष टुंगियोे। नेपाल पक्षले पहिला पोलिटब्युरो गठन हुनुपर्ने प्रस्ताव राखे पनि त्यसमा अध्यक्षद्वय ओली र दाहाल सहमत हुन सकेका छैनन्।

प्रदेश ३ का लागि ऐतिहासिक नाम प्रस्तावित, छलफलका लागि संसदमा प्रवेश

प्रदेश नम्बर ३ को नाम ‘नेपाल मण्डल प्रदेश’ राख्ने प्रस्ताव आएको छ। यो प्रस्तावले प्रदेश नम्बर ३ को संसद् सचिवालयमा औपचारिक प्रवेश पाएको छ। प्रदेश सांसद्हरुले संसद सचिवालयमा औपचारिक प्रस्ताव राखेसँगै यसले औपचारिक प्रवेश पाएको हो।

जिल्ला न्यायाधीश उपाध्यायको राजीनामा

न्याय परिषद् सचिवालयमा काजमा तानिएका जिल्ला न्यायाधीश ओमकार उपाध्यायले राजीनामा दिएका छन्। तनहुँ जिल्लाका न्यायाधीश उपाध्यायले जेठ १ देखि लागू हुनेगरी राजीनामा दिएका हुन्। काम गर्ने वातावरण नभएको र आफूलाई अनावश्यक विषयमा आरोप लगाइएकाले राजीनामा दिएको उनले स्पष्ट पारे।

नेकपा सचिवालय बैठक स्थगित, ओली र दाहालबीच अनौपचारिक वार्ता

पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा एकताको बाँकी कामको टुङ्गो लगाउन आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ।

सभामुखले कानुनविपरीत सुविधा बढाए

सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्। उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ।

निःशुल्क शिक्षा माग गर्दै सर्वाेच्चमा मुद्दा दायर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय संसद सचिवालय, कानुन तथा संसदीय दलको कार्यालय, काठमाडौं महानगरपालिकासहित ७ सरकारी कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा संविधानमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने उल्लेख भएपनि सरकारी तथा निजी विद्यालयले मनपरी शुल्क असुलेकाे रिटमा उल्लेख छ।

बजेटको छलफल कार्यतालिका तयार

संसद् सचिवालयले नीति तथा कार्यक्रम र प्रि–बजेटसम्बन्धी छलफलको कार्यतालिका बनाएको छ। सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते प्रस्तुत हुने पत्र प्राप्त भएपछि सचिवालयले छलफलको कार्यतालिका बनाएको हो। राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्।

सचिवालय बैठकले टुंग्यायो ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिव

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए।

नेकपाको सचिवालय बैठक जारी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। पार्टीको एकता प्रक्रिया टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय सचिवालयको बैठक सुरु भएको हो।

रकमान्तर गरेर मन्त्री र पिएलाई तलब

अर्थ मन्त्रालयले १२ मन्त्री र तिनका स्वकीय सचिवालयमा कार्यतरत स्वकीय सचिव तथा सचिवालयमा कार्यरत कर्मचारी(आफन्त) हरूलाई तलब दिन फागुनमा मात्र करिब ४ करोड रुपैयाँ निकासा गरेको छ। अर्थले मन्त्री र तिनका स्वकीय सचिवालयमा कार्यरत कर्मचारीरूका लागि ३ करोड ७२ लाख रुपैयाँ निकासा गरेको हो।

सिंहदरबारका क्यान्टिन खाली गरिँदै

सिंहदरबार परिसरभित्र मन्त्रालयैपिच्छे खोलिएका क्यान्टिन खाली गरिने भएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार त्यहाँ चारवटा मात्र क्यान्टिन राख्ने बताइएको छ। टेन्डर प्रक्रियामार्फत स्वीकृति नलिएका क्यान्टिन खाली गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले चासो राखेपछि क्यान्टिन खाली गर्ने तयारी भएको स्रोतको भनाइ छ। हाल कृषि तथा पशुपन्छी विकास, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, पर्यटन, भूमि व्यवस्था तथा सहकारी र महिला तथा बालबालिक मन्त्रालय परिसरमा खोलिएका सात वटा क्यान्टिन बन्द भइसकेको सचिवालयल व्यवस्थापन कार्यालयले जनाएको छ।

नेकपा सचिवालयको निर्णयः रवीन्द्र र भरतमोहनको संयुक्त श्रद्धाञ्जलि सभा

नेपाल कम्युनिस्ट पार्टीले वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ। आइतवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्दै आज देशभर पार्टीकाे आधा झण्डा झुकाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार देशभरका पार्टी कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय समेत भएको छ।

कार्यदल भंग गरेको भन्दै नेपाल समूहका नेताको आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक एकीकरणका निम्ति सुझाव प्रस्तुत गर्न गठित कार्यदल भंग गर्ने सचिवालयको निर्णयप्रति माधव नेपाल समूहले आपत्ति जनाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारको नेकपा सचिवालय बैठकले अहिलेसम्म गरेका कामका लागि धन्यवाद दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्