१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

वैद्यखानामा छड्के अनुगमन

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयको आज छड्के अनुगमन गरेका छन्।

मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन उपप्रधानमन्त्री पाेखरेलकाे आह्वान

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन्।

एनआरएन युरोप भेलालाई उपप्रधानमन्त्री पोखरेलले सम्बाेधन गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ युरोपेली भेलामा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि हुने भएका छन्।

राष्ट्रिय सुरक्षा नीति २०७३ कै विधेयकमा आधारित : रक्षामन्त्री पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले राष्ट्रिय सुरक्षा नीति २०७३ सालको विधेयकमा नै आधारित भएर ल्याएको बताएका छन्।

खेतबारी बाँझै राख्ने स्थिति रहनुहुँदैन : उपप्रम पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिको खण्डीकरण गर्न नदिई व्यावसायिक कृषिलाई महत्व दिएर किसानलाई सहुलियत दिइने र स्वदेशमा आवश्यक हुने उत्पादन यहीँ उत्पादन गर्ने नीतिमा जानुपर्नेमा जोड दिएका छन्।

यादवमाथि दुर्व्यवहार भयो : समाजवादी पार्टी

नवगठित समाजवादी पार्टी नेपालले पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्यूज टेलिभिजनबाट आइतबार प्रशारण भएको लाइभ अन्तर्वार्ताका क्रममा दुर्व्यवहार भएको बताएको छ। यादवलाई पत्रकार आचार संहिताविपरीत प्रश्न सोधिएको र सञ्चारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुति रहेको उसको भनाइ छ। पार्टीले उक्त घटनाको को निन्दा र भत्र्सना पनि गरेको छ।

झन् विग्रियो पूर्व उपप्रधानमन्त्री अधिकारीकाे स्वास्थ्य

पूर्व उपप्रधानमन्त्री भरत मोहन अधिकारीको स्वास्थ्य अवस्था झनै विग्रिएको छ। उनको १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको छ। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सााँझ ३ बजे जेठी छोरी लुना भारतवाट आउँदैछन्। उनी भारतवाट आएपछि परिवारले के गर्ने भन्ने विषयमा निर्णय हुनेछ।

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन्।

भिंतुना -यालीसहित शंखधर दिवस मनाइयो

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल संवत् अहिले साँघुरो दायरामा सीमित रहेकाले यसलाई नेपालभर चिनाउने चुनौती रहेको बताएका छन् ।

सरकारको अबको ध्यान विकास निर्माण तर्फ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नयाँ संविधान निर्माण पछि राज्य सञ्चालननका लागि चाहिने कानुन निर्माणलाई प्राथमिकता दिनुपर्दा जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेजस्तो देखिएपनि यर्थाथमा त्यस्तो नभएको बताएका छन्।

समृद्ध नेपालको नारा पूरा गर्न चीनको सहयोग रहने

चीनको औपचारिक भ्रमणमा रहेका  उपराष्ट्रपति नन्दबहादुर पुन र चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाबीच शिष्टाचार भेट भएको छ। उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हुले सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट गरेका हुन्।

चिकित्सा क्षेत्र व्यापार बन्न पुगेको छ : उपप्रधानमन्त्री यादव

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालले जनतामा पु¥याएको योगदानको प्रशंसा गर्दै सेवा दिने डाक्टर र कमचारीहरूलाई आफ्नो दायित्व अझै बढेको महशुस गरी सेवा दिन आग्रह गरेका छन्।

पुराना दुईटा हुँदा हुँदै किन नयाँ राहदानी बनाए उपप्रधानमन्त्री यादवले?

सत्ताको प्रभाव सदुपयोग गर्दै मंगलवार थाइ एयरवेजको उडान रोक्न लगाएर बैंकक उडेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले निकै हतार गरेर नयाँ राहदानी बनाएको पाइएको छ।

उपप्रधानमन्त्री यादवले उडान ४५ मिनेट ढिलो गराए: थाइ एयरवेज (भिडियो)

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलवार दिउँसो त्रिभुवन विमानस्थल पुगेर भिन्न शैलीको शक्ति प्रदर्शन गरेका छन्। थाइल्याण्ड जान लागेका उनी मंगलवार नै पासपोर्ट बनाएर उडानको अन्तिम समयमा एयरपोर्ट पुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्