ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको संघर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको संघर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको बताएका छन्।
हरेक वर्ष अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइन्छ। विश्वभरि ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार, भेदभाव, उपेक्षा र अन्यायलाई अन्त्य गर्न जनतामा चेतना जगाउने उद्देश्यले यो दिवस मनाइन्छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले विद्यमान कानूनी प्रबन्धबमोजिम ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा निहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गरेकी छिन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताएका छन्। उनले ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै जीवनको लामो कालखण्डमा आरोह–अवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गरेका बुवाआमाको सम्मान गर्नुपर्ने बताएका हुन्।
विकसित देशमा ६५ वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक मान्ने चलन छ भने संयुक्त राष्ट्र संघले ६० वर्ष उमेर पूरा भएका व्यक्तिलाई ज्येष्ठ नागरिक मानेकोे छ।