२४ असार २०८१ सोमबार
image/svg+xml

ढोरपाटन पुगे नौ हजार पर्यटक

यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन्। पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै

पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ। यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ।

ऊनका कपडाको माग नेपालमा भन्दा विदेशमा बढी

ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनीहरुको भनाइ छ। युवापुस्तामा ऊनबाट कपडा बुन्ने सीप नभए पनि बुढापाकाले भने निरन्तरता दिँदै आएका छन्।

पोखरालाई ढोरपाटनसँग जोड्न साइकल यात्रा

'धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको छोटो रुप ‘धौनिढोका’को प्रचारप्रसारका लागि एकल साइकल यात्रा हो यो, यात्राका क्रममा साहसिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित कुस्मा र बलेवा जोड्ने बञ्जी पुल, अन्य झोलुङ्गे पुलको यात्रा पछि अहिले बागलुङ आएको छु', केसीले भने, '११ गते विश्व पर्यटन दिवसको दिन ढोरपाटन पुग्ने गरी म्याग्दी बजार, तातोपानी कुण्ड हुँदै बागलुङको तमानखोला गाउँपालिकादेखि ढोरपाटन पुग्ने योजना छ।'

ढोरपाटनमा हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग

शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो।

राष्ट्रपति शनिबार ढोरपाटन भ्रमणमा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन जाने भएकी छन्। राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ।

ढोरपाटनमा सिकारको तयारी

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउपत्र पेश गर्न समय तोकेको थियो।

ढोरपाटनमा दोस्रो सिजनको सिकार सुरु

विदेशी साहसी सिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको सिकार सुरु हुने भएको छ। कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ।

ढोरपाटन आरक्षमा कोरोनाले खस्कियो शिकार

कोरोना कहरले बागलुङको शिकार पर्यटन खस्किएको छ। कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन शिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो।

ढोरपाटन बाढीपीडितलाई ४० लाख सहयोग

बाढी,पहिरोको आफन्त गुमाएका, घरबारविहीन भएका बागलुङको ढोरपाटनका पीडितलाई नेपाली कांग्रेसले करिब ४० लाख रुपैयाँ बराबरको राहात वितरण गरेको छ।

ढोरपाटन बाढीः ११ जलविद्युत आयोजना क्षति

लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ। बुधबार राति भुजीखोलामा आएको बाढीले ११ वटा लघुजलविद्युत् आयोजनामा क्षति पु-याएको छ।

ढोरपाटनको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा

बाढीको निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापासहितको टोली ढोरपाटन गएको छ। बिहीबार नै ढोरपाटनका लागि हिँडेका थापा मौसम खराबीका कारण बाटोबाट फर्किएका थिए।

मेयरको आफ्नै खर्चमा राहत

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले १ हजार ४ सय ७१ परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई मेयर नेपालीले आफ्नै खर्चमा राहत उपलब्ध गराएका हुन्।

कोरोनाले ढोरपाटनमा शिकार प्रभावित

विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड –१९ को प्रभाव ढोरपाटन शिकार आरक्षमा परेको छ । ढोरपाटनमा शिकारका लागि हरेक वर्ष दुई याम आरक्ष खुला हुने गर्छ ।

ढोरपाटन सडकमा कछुवाको गति

गौरवको आयोजनाका रूपमा रहेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम कछुवा गतिमा अगाडि बढेको छ। १० वर्षयता यो सडकखण्डको जम्मा पाँच किलोमिटर क्षेत्रमात्र कालोपत्रे भएको सय ९६ किलोमिटर लम्बाइ रहेको यो सडकको हालसम्म १० किमी बाटोमात्र कालोपत्रे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्