१८ असार २०८१ मंगलबार
image/svg+xml

शान्ति मिसनको सेना निगमले बोक्ने

नेपाल वायुसेवा निगमले संयुक्त राष्ट्र संघको सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीको मिसनमा कार्यरत नेपाली सेनालाई लैजाने तथा नेपालल्याउने सम्झौता गरेको छ।

निगमका पाइलट शेरचनको दशौं तहको बढुवा ‘होल्ड’

नेपाल वायुसेवा निगमका पाइलट रबीन्द्र कुमार शेरचनको दशौं तहको बढुवा निगम सञ्चालक समितिको बैठकले ‘होल्ड’मा राखेको छ । गैर–कानुनी ढंगले शेरचनको बढुवा भएपछि उनीभन्दा वरिष्ठ पाइलटहरुले विरोध गर्दै कारबाहीको माग गरेका थिए । उक्त समाचार बिहिबारको नागरिक दैनिकमा प्रकाशन भएको थियो । समाचारपछि निगमका कार्यकारी अध्यक्ष शुशील घिमिरेले शुक्रबार बोर्ड वैठक डाकेका थिए ।

६७ उडानबाट अलपत्रको उद्धार

सरकारले कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा ६७ उडानमार्फत नेपाल ल्याउने तयारी गरेको छ । आगामी आइतबारदेखि सुरु हुने उद्धारका उडानमा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स तथा विदेशी जहाजको प्रयोग हुने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

अवालेलाई जहाज उडाउन प्रतिबन्ध

विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब एक करोड रुपैयाँ जरिवानाको फैसला सुनाइएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ।

सूचना नदिने नेवानिको गम्भीर लापरबाही

नेपाल वायुसेवा निगम व्यवस्थापन ‘लापरबाही’ गरी बोइङ भन्दै एयरबसको ‘वाइड बडी’ जहाज भारतको नयाँदिल्ली पठाएका कारण उक्त जहाज ६ घन्टासम्म उतै अड्किएको खुलासा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्