२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री ओलीलाई गगन थापाको पत्र : देशलाई जानीजानी त्यस्तो संकटतर्फ नधकेलौं

सरकारको व्यवहारले नागरिकको धैर्यताको बाँध टुट्न लागेको भन्दै सांसदसमेत रहेका नेता थापाले यस्तै चलिरहने हो भने देश ठूलाे संकटमा फस्ने चेतावनी दिएका छन् ।

बूढानीलकण्ठको घटनाले काठमाडौंमा हजारौंको परीक्षण गर्नुपर्ने पुष्टि गरेको छ : गगन थापा

बूढानीलकण्ठ नगरपालिकामा देखिएको संक्रमणको तथ्यांक सार्वजनिक गर्दै उनले यसबाट काठमाडौंमा जोखिम समूह पहिचान गरेर व्यापक मात्रामा कोरोना परीक्षण गर्नुपर्ने पुष्टि भएकाे बताएका हुन् ।

कोरोना संक्रमित ब्राजिलियन राष्ट्रपतिको उदाहरण दिँदै प्रधानमन्त्री ओलीप्रति गगन थापाको यस्तो व्यंग्य

‘ब्राजिलका राष्ट्रपति कोरोनाका विषयमा उटपट्याङ बोल्थे। आफू स्वास्थ्य सावधानी नअपनाउने उल्टै स्वस्थ्य व्यक्तिलाई केही हुन्न भन्ने र अप्रमाणित उपचार विधि सुझाउँथे। अहिले आफैं संक्रमित भएछन्।’

नक्सामा देखिएको अभूतपूर्व राष्ट्रिय एकता नागरिकताले खलबलिन थाल्योः गगन थापा (पूर्णपाठ)

बुधबार आफ्नो फेसबुकमार्फत लामो वक्तव्य जारी गर्दै नेता थापाले पछिल्ला केही दिनमा नागरिकताजस्तो पेचिलो र संवेदनशील विषयमा जसरी बहस अगाडि बढाइएको छ, त्यसको संकेत सुखद नरहेको बताएका हुन्।

छोरीको उदाहरण दिँदै गगनले नागरिकताबारे संसदमा उठाए गम्भीर प्रश्न

नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले आमाको नामबाट सजिलोसँग नागरिकता पाउनेगरी कानुन बनाउनुपर्नेमा जोड दिएका छन्। गृहमन्त्री रामबहादुर थापाले मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ माथि टिप्पणी गर्दै थापाले आमाको नाममा सजिलोसँग नागरिकता दिनको निम्ति केही बाटोहरु खोल्ने अवसर आएको तर प्रस्तुत विधेयकमा आफूहरु चुकेको गुनासो गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्