नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले काठमाडौंमा कन्ट्याक्ट ट्रेसिङ (संक्रमितसँग सम्पर्क भएका व्यक्ति) बाहेक पनि हजारौं मानिसको पिसिआर परीक्षण गर्न सरकारसँग माग गरेका छन् ।
बूढानीलकण्ठ नगरपालिकामा देखिएको संक्रमणको तथ्यांक सार्वजनिक गर्दै उनले यसबाट काठमाडौंमा जोखिम समूह पहिचान गरेर व्यापक मात्रामा कोरोना परीक्षण गर्नुपर्ने पुष्टि भएकाे बताएका हुन् ।
आइतबार आफ्ना ट्विटर तथा फेसबुक अकाउन्टमा बूढानीलकण्ठको घटनाको विस्तृत विवरण राख्दै थापाले कन्ट्याक्ट ट्रेसिङबाहेक जाेखिममा रहेका अन्य व्यक्तिकाे पनि काेराेना परीक्षण गर्न सरकारसँग माग गरेका हुन् ।
हेरौं, थापाले ट्विटरमा राखेको विवरण-
प्रकाशित: १४ भाद्र २०७७ ०९:४६ आइतबार