९ मंसिर २०८१ आइतबार
image/svg+xml

साढे दुई वर्षमा पनि बनेन ६ सय मिटर बाटो

सम्झौता अनुरुप काम भएको भए अहिले रुपन्देहीको बेलहिया नाकामा ६ लेनको फराकिलो सडक बनिसक्थ्यो। दायाँबायाँ फुटपाथ र सर्भिस लेनसहितको सडकले सवारी आवागमन सहज हुन्थ्यो। पर्यटकहरुको नेपाल प्रवेश पनि सुविधा जनक हुन्थ्यो। किनकी यो नाका देशकै दोश्रो ठुलो व्यापारिक नाका हो। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने नाका पनि यही हो।

भैरहवाबाट दसैंलाई पाँच अर्बको कार, मोटरसाइकल र एक अर्बको कपडा

बजारमा अहिले किनमेलको मुख्य सिजन हो। असत्यमाथि सत्यको विजयको प्रतिक मानिने दसैंमा राम्रै लगाउने र मीठै खाने पर्वको रुपमा मनाइन्छ। त्यसैले दसैं, तिहार र छठजस्ता पर्वमा बजार गुल्जार हुन्छ। लत्ताकपडा, खाद्यान्न, माछामासु र सवारी साधनको बिक्री यो बेला बढ्छ। बुटवल भैरहवाको बजारमा पनि दसैं किनमेलको चहलपहल सुरु भइसकेको छ।

एमसिसीबारे सत्तासीन दलकै सांसदबीच मतभेद : ‘सम्झौता नयाँ ढंगले हुनुपर्छ

सत्तारुढ नेकपाका सांसदबीच मत बाझिँदा नेपाल र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता संसद्को वर्षे अधिवेशनबाट पारित हुन रोकिएको छ । एमसिसीका बारेमा सत्तारुढ दलकै सांसदमा मत विभाजन देखिएपछि तत्कालका लागि यो कार्यक्रम रोकिएको छ ।

बुटवलमा डेंगीको उच्च जोखिमः एकको मृत्यु, ७० जनामा संक्रमण

बुटवलमा डेंगीको संक्रमण डरलाग्दो गरि फैलिएको छ। एक साता यता यहाँका अस्पतालहरुमा डेंगीका विरामीको चाप बढ्दै गएको हो। प्रदेश नम्बर ५ मा सबैभन्दा बढि डेंगीको संक्रमण बुटवलमा देखा परेको हो।

बुटवलको फूलबारीमा भेटियो अवैध काठ

मणिमुकुन्द सेन उद्यान बुटवल फूलबारी सञ्चालक समितिको महासचिवमा बुटवल उपमहानगर वडा नम्बर २ का वडाध्यक्ष रमेश नेपाल र सचिव पदमा वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगल छन्। जनप्रतिनिधिनै सम्मिलित फूलबारीभित्र चितुवा रहेको चिडियाघरभित्र लुकाएर राखेको अवस्थामा काठ फेला पर्नुलाई रहस्मयरूपमा हेरिएको छ।

यस्तो बन्दैछ बुटवलमा थारु संग्रहालय

बुटवलमा थारु संग्राहलय बन्ने भएको छ। बुटवल उपमहानगरपालिकाले मोतिपुर सौरहियामा थारु समुदायको कला, संस्कृति झल्कने संग्रहालय निर्माण गर्न लागेको हो।

स्थानीय पाठ्यक्रमबारे विज्ञहरुसँग छलफल

स्थानीय पाठ्यक्रम निर्माण गरेको बुटवल उपमहानगरपालिकाले शैक्षिक संगोष्ठी गर्दै विज्ञहरूबाट थप सुझाव लिन थालेको छ।

कालिमाटीपछिको ठूलो बुटवलको विषादी प्रयोगशाला पनि बन्द

२०७४ साल भदौदेखि सञ्चालनमा आएको बुटवलस्थित विषादी प्रयोगशाला कर्मचारी नहुँदा बन्द भएको छ। कालिमाटीपछिको दोस्रो ठूलो भनिएको बुटवल कृषि उपज थोक बजारभित्र सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण इकाई दुई महिनादेखि बन्द भएको हो।

बुटवल बजेटः एक अर्ब ९० करोड

उपमहानगरले आगामी आर्थिक वर्षका लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। चालूतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ।

उपमहानगरले डाेजर लगाएर १६ परिवार घरबारविहीन

बुटवल उपमहानगरपालिका–१ मा २०२८ सालदेखि घरटहरा बनाई स्थायी रुपमा बसोबास गर्दै आएका करिब १६ घरटहरामा बुटवल उपमहानगरपालिकाले डोजर लगाई घरबिहीन बनाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विष्णु पौडेलविरुद्ध बुटवलमा पर्चा बाँडियो

नेकपा महासचिव विष्णु पौडेलबिरुद्ध नेपाली काँग्रेसले बुटवलमा पर्चा बाँडेको छ। बुटवलमा अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्रको शिलान्यास गर्न आएका पौडेल विरुद्ध कार्यक्रम स्थलमै पर्चा बाँडिएको हो। वालुवाटारको जग्गा प्रकरणमा मुछिएका पौडेल पर्खामा लेखिएको छ।

गौतमबुद्ध विमानस्थल निर्माणमा बुटवल उपमहानगरपालिकाको अवरोध

विमानस्थल निर्माणको अन्तिम चरणमा पुग्न लाग्दा भुक्तानी रोकिएको छ भने ढुगा गिटी पनि पाएको छैन।

बुटवल बजारको सडक विस्तार फेरी रोकियो

गतबर्ष बैशाख १२ गते सर्वोच्च अदालतले क्षतिपुर्ती दिएर मात्र सडक विस्तार गर्न भनेपछि रोकिएको बुटवल राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडकविस्तार फेरी पनि अदालतले रोकिएको छ। व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक योजनाले चैतको दोस्रो साता अदालतकै आदेश अनुसार घर धनीलाई क्षतिपुर्ती दिने गरि सडक विस्तार गर्ने र आफ्नो जग्गा भएको प्रमाण सहित मुआब्जाका लागि दाबी गर्न भनेर सूचना जारी भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्