८ मंसिर २०८१ शनिबार
image/svg+xml

पाँचथरमा एक साता निषेधाज्ञा

वैशाख २७ गते राती १२ बजेदेखि लागु हुने गरी पाँचथर जिल्लामा अत्यवाश्यक बाहेकका सबै सेवा तथा यातायात बन्द हुने भएको छ।

पत्रकार महासंघ आफ्नै भवनमा

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको तीनतले भवन उद्घाटन गरीएको छ। सदरमुकाम फिदिमको मिडिया मोडमा निर्मित भवनको १ नम्बर प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले उद्घाटन गरे।

हिउँदमा रेनकोट !

स्थानीय सरकारले बजेटको धेरै हिस्सा सडकमा खर्चिएको छ। सडकको ट्रयाक निर्माण तथा मर्मतका लागि वर्षेनी बजेट खर्च भईरहेको छ। तर, गुणस्तरीय सडक नबन्दा सास्ती उत्तिकै छ। संघ तथा प्रदेश सरकारका सडकका ठुला योजना पनि जिल्लामा छन्।

पाँचथरमा आजबाट र्‍यापिड टेष्ट

१ नम्बर प्रदेश सरकारले सुरु गरेको र्‍यापिड टेष्ट आज (शनिवार)बाट पाँचथरमा  हुने भएको छ। प्राविधिक टोली आइपुगेपछि शनिवार अबेर राँकेबजारबाट र्‍यापिड टेष्ट सुरु हुने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

पाँचथरमा २२ जना क्वारेन्टाइनमा

जिल्लामा वैदेशिक रोजगारीबाट आएका २२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। पाँचथरका प्रहरी प्रमुख डिएसपि सिद्धराज न्यौपानेका अनुसार फिदिम नगरपालीकासहित विभिन्न स्थानीय तहमा बनाइएका क्वारेन्टाइमा उनीहरुलाई राखिएको छ।

पाँचथरमा स्थानीय प्रशासनद्वारा कडाइ

मंगलबारको तुलनामा बुधबार विहानैदेखि पाँचथर सदरमुकाम फिदिम लगायतका बजारहरूमा स्थानीय प्रशासनले निक्कै कडाई गरेको छ।  प्रहरीले फिदिमबजार क्षेत्रमा पसलहरू बन्द गर्न तथा बाहिर ननस्किन कडा निर्देशन गरेको हो।

मंगलबारदेखि पाँचथर ‘लकडाउन’

कोरोना भाईरस (कोभिड–१९) को जोखिम नियन्त्रण गर्नको लागि जिल्लाका अत्यावाश्यक बाहेकका सबै सवारी साधानहरु बन्द गर्ने तयारी भएको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माका अनुसार मंगलबार विहानदेखि बाहिर जिल्लाबाट सवारीसाधन प्रवेश गर्न पाउने छैनन्।

गुराँसै फुल्यो वनैमा...

यतिबेला पहाडी र हिमाली डाँडाहरू गुराँसले रंगीबिरंगी देखिन थालेका छन्। गएको साता बिहानपख पाँचथरको सोक्पामा केही केटाकेटी घरनजिकै रहेको झ्याम्म परेको रूखबाट गुराँस ल्याएर शिरमा सिउरिँदै थिए।

भुटानको याक पाँचथरमा

जिल्लाको उच्च पहाडी क्षेत्रमा पालीने चौरीको वंश सुधारका लागि भुटान सरकारले प्रदान गरीएका याकलाई फालेलुङ गाउँपालिकामा पुर्‍याइएको छ। भुटान सरकारले नेपाली चौरीको सुधारका लागि उपहार स्वरुप दुई याक उपलब्ध गराएको हो।

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

फिदिम नगरपालिका–४ थापाटारमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत हेवा खेला छेउमा भएको दुर्घटनामा परि चालकफिदिम–४ माझिटारका शुक्रराज माझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्पेक्टर रोहन अर्यालले जानकारी दिए।

भ्रमण वर्षको प्रचारमा निस्केका पाँचथरका युवा दिक्तेलमा

भ्रमण वर्ष सफल बनाउनका लागि प्रचारात्मक अभियानमा निस्केका पाँचथरका युवाको टोली खोटाङ आइपुगेको छ। भ्रमण वर्षको उद्घाटनकै अवसर पारेर बुधबार सुरु गरिएको नेकपा, कांग्रेस, राप्रपालगायतका दलमा आवद्ध युवा तथा पत्रकारको टोली शुक्रबार दिक्तेल आइपुगेका हुन्।

पाँचथरमा ६६ प्रतिशत मतदान

पाँचथरमा शान्तीपूर्ण रुपमा उप–निर्वाचन सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरले संकलन गरेको तथ्याङकअनुसार ६६ दशमलव ४ प्रतिशत मतदान भएको छ।

प्रमुख दलले उम्मेदवारको टुंगो लगाए

उपनिर्वाचन आउन एक महिना बाँकी  रहँदा पाँचथरका मुख्य प्रतिस्पर्धी मानिएका दलले उम्मेदवार टुंगो लगाएका छन्। एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धी मानिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र अन्य  दलहरुले उम्मेदवार टुंगो लगाएका हुन्।

लागुपदार्थ दुर्व्यसनी बढ्दै, एक महिनामा १० जना पक्राउ

पाँचथरमा लागु औषधको प्रयोगकर्ताहरु बढ्दै गएको पाइएको छ। कलिलो उमेरदेखि नै लागुपदार्थको नशामाफस्नेको संख्यामा बढोत्तरी भएर गहिरहेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्