६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भुटानको याक पाँचथरमा

भुटानबाट ल्याइएको याक पाँचथरको फालेलुङ गाउँपालिकामा चर्दै । तस्बिर : नागरिक

पाँचथर- जिल्लाको उच्च पहाडी क्षेत्रमा पालीने चौरीको वंश सुधारका लागि भुटान सरकारले प्रदान गरीएका याकलाई फालेलुङ गाउँपालिकामा पुर्‍याइएको छ। भुटान सरकारले नेपाली चौरीको सुधारका लागि उपहार स्वरुप दुई याक उपलब्ध गराएको हो।

इसिमोड अन्तर्गतको कञ्चनजंङ्गा भुपरिधी संरक्षण कार्यक्रमको पहलमा उन्नत जातका याक नेपाल ल्याइएको हो। दुई याकलाई फालेलुङ गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो। भुटान सरकारले दिएका तीन याकमध्ये एक भारतको सिक्किममा छोडीएको छ भने दुई नेपाल ल्याइएको हो। पाँचथर, ताप्लेजुङ क्षेत्रका नाक (चौरी)सँग समागम गरेर उन्नत उत्पादनका लागि याक ल्याइएको हो।

नेपाल भारत सिमाना पशुपतीनगरमा फालेलुङ गाउँपालिकाका प्रमुख सञ्चकुमार केरुङ लगायतको उपस्थीतिमा भुटान सरकारको तर्फबाट याक हस्तान्तरण भएको थियो। दुई याक पाँचथरको फालेलुङ गाउँपालिकाको भैसेभन्दामाथिको क्षेत्रमा पुर्‍याइएको छ। केहि दिन यहाँ राखेर एउटा फालेलुङ र अर्को तिम्बु पोखरी क्षेत्रमा लगेर छाड्ने तयारी भएको चौरी पालक समूहका सचिव चन्द्रलाल नेपालले जानकारी दिए। उनकाअनुसार एउटै वंशमा हुने समागमनले उन्नत जातको चौरी उत्पादनमा केहि असर पुर्‍याउने भएकाले भुटान सरकारलाई अनुरोध गरिएको थियो। चौरी विज्ञहरुले भुटानमा रहेको चौरी उन्नत जातको भएकाले नश्ल सुधारका लागि आवश्यक भएको सुझाव दिएका थिए।

गाउँपालिकाले वन डिभिजन कार्यालयलाई पत्र लेखेपछि उपल्लो निकायबाट याक ल्याउनका पहल भएको थियो। दुई क्षेत्रमा रहेका गोठका चौरीहरु साग यि याकको समागमन हुने अपेक्षा राखिएको छ। अर्को बर्खादेखि उन्नत जातको चौरीको सन्तान प्राप्त हुने चौरी पालकहरुको अपेक्षा रहेको छ। फालेलुङकञ्चजंङ्गा पर्यापयर्टन संस्था, दिप ज्योती युवा क्लबले केहि वर्ष यतादेखि पहल गरिरहेका थिए।

]भुटान सरकारले चौरी दिने भएपछि गाउँपालिकाका प्रमुखसहितको टोलीले भुटान गएर याकको निरीक्षण गरेर आएका थिए। चौरीको सन्तान सुधार गर्न योगदान गर्ने अपेक्षा राखिएको चौरी पालक नेपालले बताए

चौरी पालकको मागलाई गाउँपालिकासहित नेपाल सरकारका विभिन्न तहबाट पहल भएको थियो। उन्नत जातको याक ल्याउन पर्ने कुरा लामो समयदेखि उठ्दै आएको थियो। जिल्लाको फालेलुङगाउँपालिका र याङवरक गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्र व्यवसायीक पशुपालको रुपमा चौरी पालन हुने गरेको छ।
 

 

प्रकाशित: २१ फाल्गुन २०७६ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App