१३ आश्विन २०८१ आइतबार
image/svg+xml

एफपिओ र मर्जर गेनबाट १३ अर्ब राजस्व संकलन

अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रूपैयाँ राज्य कोषमा कर दाखिला भएको छ।

एनएमबि बैंकको एफपिओ बाँडफाँड

एनएमबि बैंकले थप निष्कासन गरेको सेयर बाँडफाँड भएको छ । प्रतिसेयर तीन सय ३३ रुपैयाँ रहेको तीन अर्ब ८० करोड १२ लाख ४९ हजार दुई सय ७९ रुपैयाँ बराबरको एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता सेयर जेठ ३० मा सर्वसाधारणको लागि खुला गरिएको थियो।

बिकेन बुटवल पावरको एफपिओ

समय थप्दा र संगठित संस्थालाई गुहार्दा पनि बुटवल पावर कम्पनी (बिपिसी)कोे नबिकेको सेयर अब सेयर प्रत्याभूति गर्ने संस्थाले किन्नुपर्ने भएको छ।

बिपिसीको एफपिओे बिकेन

समय लम्बाउँदा र संगठित संस्थाले समेत सेयर खरिद गर्न सक्ने व्यवस्था गर्दा पनि बुटवल पावर कम्पनी (बिपसी) ले जारी गरेको थप निष्कासन (एफपिओ) बिक्री हुन सकेको छैन्।

बिपिसीको एफपिओ बिक्रि बढेन

साधारण सेयर जारी नगरी एफपिओ बजारमा ल्याएको बुटवल पावर कम्पनी (बिपिसी) को एफपिओ चाहेअनुसार बिक्रि हुन सकेको छैन । साधारण सेयरको मुल्य नै दोस्रो बजारमा तल झरे पछि कम्पनीले खुला गरेको एफपिओ बिक्री चाहे अनुसार हुन नसकेको हो । मंगलबार बिपिसीको सेयर मूल्य घटेर प्रतिकित्ता पाँच सय ५७ रुपैयाँमा कारोबार भएको छ । विपिसीले हालै जारी गरेको एफपिओको प्रतिकित्ता मुल्य पाँच सय एक रुपैयाँ तोकेको थियो ।

बुटबल पावरको आइपिओबिनै एफपिओ निष्कासन

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले सर्वसाधारण र स्थानीयलाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप निष्कासन (एफपिओ) गरेको छ । नेपाल धितोपत्र बोर्डले सर्वसाधारण र स्थानीयलाई सेयर जारी नगरी एफपिओ ल्याउन स्वीकृति दिएपछि कम्पनीले सोमबारदेखि थप सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।

बुटबल पावरलाई आइपिओबिनै एफपिओ स्वीकृति

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)लाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप सार्वजनिक निष्कासन (एफपिओ) गर्न स्वीकृति दिएको छ ।

बुटबल पावरलाई आइपिओबिनै एफपिओको स्वीकृति दिने तयारी

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले साधारण सेयर निष्कासन (आइपिओ) जारी नगरी थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्न स्वीकृति दिने तयारी गरेको छ । अझै पनि बिपिसीले सर्वसाधारणलाई सेयर निष्कासन गरेको छैन । बोर्डले भने एफपिओ ल्याउन स्वीकृति दिने अन्तिम तयारी गरेको हो ।

आइपिओबिनै एफपिओ ल्याउँदै बुटवल पावर कम्पनी

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले साधारण सेयर निष्कासन (आइपिओ) जारी नगरी थप सार्वजनिक निष्कासन (एफपिओ) ल्याउने तयारी गरेको छ। बिपिसीले मंगलबार नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) लाई पत्र पठाउँदै एफपिओ निष्कासन गर्न लागेको जानकारी गराएको छ।

एफपिओ-आइपिओको पैसाले बढायो बजार

नेपाल लाइफ इन्स्योरेन्सको थप नयाँ साधारण सेयर (एफपिओ) र फरवार्ड लघुवित्तको साधारण सेयर (आइपिओ) आवेदनमा सेयर नपरेको पैसा फिर्ता हुन थालेपछि सेयर बजार उकालो लाग्न पुगेको छ।

नेपाल लाइफको एफपिओले सेयर कारोबारमा मन्दी

सर्वसाधारणले नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ सेयर खरिद गर्न थालेपछि दोस्रो बजारको सेयर कारोबारमा मन्दी आएको छ। आधाभन्दा बढी फाइदा हुने आसमा सर्वसाधारण उक्त कम्पनीको सेयर खरिद गर्न थालेपछि दोस्रो बजारको सेयर कारोबार बिहीबार ३२ करोडको मात्र हुन पुगेको छ। बुधबार ३६ करोडको कारोबार भएको थियो।

एफपिओको मूल्य निर्धारण गर्ने सूत्र

नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीले जारी गर्ने थप निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपिओ) को मूल्य निर्धारणको आधार तयार पारेको छ। बोर्ड सञ्चालक समिति बैठकले विभिन्न चारवटा आधारमा प्राप्त नतिजाको कुल योगफलको औसतलाई एफपिओको मूल्य निर्धारण गर्न सकिने व्यवस्था अघि सारेको शुक्रबार प्रेषित विज्ञप्तिमा जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्