भारतद्वारा शृंखला कब्जा
स्पिनर रवीन्द्र जडेजाको ५ विकेट प्रेरित भारतले आइतबार श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा एक इनिङ र ५३ रनको जित हासिल गर्दै शंृखलामा कब्जा जमाएको छ। जडेजाले १ सय ४१ रनमा खेलिरहेका दिमुथ करुणारत्नेलाई अजिन्क्या रहानेबाट क्याच गराउँदै पवेलियनको बाटो देखाएपछि श्रीलंको इनिङ ३ सय ८६ रनमा सीमित भएको थियो। ३ सय ७ बल सामना गरेका करुणारत्नेले १४ चौका प्रहार गरेका थिए।