१९ असार २०८१ बुधबार
image/svg+xml

हरारेको घटनाको प्रभाव बुलावायोमा छिट्टै पुग्यो

अन्य घटनाको प्रभाव निकै पछि मात्र पुग्ने भए पनि हरारेमा स्कटल्यान्डसँग जिम्बाब्वे हारेको पीडा बुलावायोमा छिट्टै पुग्यो ।

संकटमा वेस्ट इन्डिज

जिम्बाब्वे र श्रीलंका एकदिवसीय विश्वकपमा स्थान बनाउने अन्तिम दुई टोली बन्ने दौडमा रहँदा दुई विजेता वेस्ट इन्डिज भने पहिलोपटक विश्वकपमा छनोट नहुने संकटमा छ।

पहिलेकी विद्या र अहिलेका रामचन्द्र

संविधान जारी भएपछिकी दोस्रो राष्ट्रपति विद्या भण्डारीको कार्यकाल आलोचनारहित हुन सकेन।

जिम्बाब्बेमा दश जना किसानको जलेर मृत्यु

जिम्बाब्वेको दक्षिणी प्रान्त माटाबेलेल्याण्डको एसिगोदिनीमा मङ्गलबार आगलागी हुँदा १० जना किसानको जलेर मृत्यु भएको छ। आगो निभाउन गएका १५ जना किसानमध्ये १० जनाको घटनास्थलमा जलेर ज्यान गएको थियो।

जिम्बाब्वेको गुमेको छवि फर्काउँदै राजा

चार साताको अन्तरमा राजाले सबैखाले क्रिकेट गरी १०१.१६ को औसतमा ६ सय सात रन जोडिसकेका छन्। जसमा चार अर्धशतक र दुई शतक सम्मिलित छन्।

जिम्बाब्वे ए टोलीसँग हुने शृंखलाका लागि क्रिकेट टोलीले अभ्यास थाल्यो

शनिबारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वेको ए टोलीसँग हुने तीन एक दिवसीय र तीन ट्वान्टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट प्रशिक्षण थालेको छ।

टेलरद्वारा फिक्सिङ गरेको स्वीकार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आफूमाथि बहु वर्षको प्रतिबन्ध लगाउने तयारी गर्नुपूर्व उनले विज्ञप्ति जारी गरेको बताएका छन्। ती फिक्सरबाट आफूले १५ हजार डलर लिएको र त्यसबाहेक अन्य कुनै पनि खेलमा फिक्सिङ नगरेको समेत प्रस्ट्याएका छन्। ३५ वर्षे ब्याट्सम्यानले गत वर्ष मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।

नेपाली क्रिकेट टोली सिंगापुरतर्फ

जिम्बाब्वे, सिंगापुर र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेल्ने नेपाली क्रिकेट टोली बुधबार सिंगापुर प्रस्थान गरेको छ। सिंगापुर क्रिकेट संघको आयोजनामा हुन लागेको त्रिकोणात्मक शृंखलामा सहभागी हुने टोलीलाई बुधबार बिदाइ गरिएको हो।

फाइनल रद्द हुँदा दुवैलाई ट्रफी

जिम्बाब्वे, बंगलादेश र अफगानिस्तान सम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० प्रतियोगिताको फाइनल खेल रद्द भएको छ। आयोजक बंगलादेश र अफगानिस्ताबीच हुने फाइनल खेल वर्षाका कारण रद्द भएको हो ।

मासाकाड्जाको यादगार अन्तिम इनिङ

कप्तान ह्यामिल्टन मासाकाड्जाले करियरको अन्तिम खेल यादगार बनाउने क्रममा अर्धशतक पूरा गरेसँगै जिम्बाब्वेले शुक्रबार ट्वान्टी–२० क्रिकोणात्मक शृंखलामा अफगानिस्तानमाथि ७ विकेटको जित हात पारेको छ।

जिम्बाब्वेमाथि अफगानिस्तानको जित

नाजिबुल्लाह जाद्रानको अर्धशतकप्रेरित अफगानिस्तानले शनिबार ट्वान्टी–२० क्रिकोणात्मक शृंखलामा जिम्बाब्वेमाथि २८ रनको जित हात पारेको छ। क्रिकोणत्मक शृंखलाको पहिलो खेलमा जिम्बाब्वेको यो लगातार दोस्रो हार हो। यसअघि शुक्रबार भएको खेलमा जिम्बाब्वेले आयोजक बंगलादेशलाई नतिजा सुम्पिएको थियो। अफगानिस्तानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन मात्र जोड्न सक्यो।

जिम्बाब्वेका राष्ट्रपतिद्वारा सपथ

जिम्बाब्वेका नव निर्वाचित राष्ट्रपति एमर्सन म्नागाग्वाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन्।

जिम्बाब्वे निर्वाचन : हरारेमा सेनाको गस्ती

राष्ट्रपतीय निर्वाचनको अति प्रतिक्षित नतिजालाई लिएर जिम्बाब्वेमा राजनीतिक संकट उत्पन्न भएको छ।राष्ट्रपतीय पदका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिकमा ढिलाइ र संसदीय निर्वाचनमा सत्तारुढ जानु–पिएफ दलको बहुमत आउने संकेत देखिएपछि विपक्षी दल मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडिसी)ले प्रदर्शन सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्