२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

संकटमा वेस्ट इन्डिज

आयोजक जिम्बाब्वे र पूर्वविजेता श्रीलंका एकदिवसीय विश्वकपमा स्थान बनाउने अन्तिम दुई टोली बन्ने दौडमा रहँदा दुई पटकको विजेता वेस्ट इन्डिज भने पहिलोपटक विश्वकपमा छनोट नहुने चिन्तामा रहेको छ।

आइसिसी विश्वकप छनोटको समूहचरणका चार खेलमा सतप्रतिशत नतिजा निकालेका जिम्बाब्वे र श्रीलंका समान चार अंकसहित सुपर सिक्समा पनि अघि रहेका छन्। समूह ‘ए’ बाट जिम्बाब्वे शीर्ष स्थानमा बस्दै सुपर सिक्समा स्थान बनाउँदा नेदरल्यान्ड्स दोस्रो र वेस्ट इन्डिज तेस्रो स्थानमा रह्यो। समूह विजेता जिम्बाब्वे र श्रीलंकाले चार अंक बटुल्दा दोस्रो स्थानमा रहेका नेदरल्यान्ड्स र स्कटल्यान्ड्सले दुई अंक प्राप्त गरे। तेस्रो स्थानमा रहेका वेस्ट इन्डिज र ओमान अंकविहीन रहे।

अंकविहीन बनेसँगै वेस्ट इन्डिजमाथि दबाब बढेको हो। वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिका र दोस्रो खेलमा नेपाललाई हराए पनि तेस्रो र चौथो खेलमा क्रमशः जिम्बाब्वे र नेदरल्यान्ड्सलाई नतिजा सुम्पिएको थियो। यता, समूह ‘बी’ मा श्रीलंका विजेता बन्दा स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो स्थानमा रहँदै सुपर सिक्सका लागि छनोट भएका हुन्। जिम्बाब्वेले समूह चरणको अन्तिम खेलमा कीर्तिमानी चार सय ८ रनको योगफल खडा गरेको थियो।

आयोजक जिम्बाब्वे र पूर्वविजेता श्रीलंका एकदिवसीय विश्वकपमा स्थान बनाउने अन्तिम दुई टोली बन्ने दौडमा रहँदा दुई पटकको विजेता वेस्ट इन्डिज भने पहिलोपटक विश्वकपमा छनोट नहुने चिन्तामा रहेको छ।

जिम्बाब्वे बिहीबारबाट सुरु हुने सुपर सिक्समा समेत सोही लय कायम राख्न चाहन्छ। ‘हामीले पछिल्ला समय लय भेटाएका छौं,’जिम्बाब्वेका कप्तान सेन विलियम्सले भने, ‘हामी यो लय कायम रहोस् भन्ने चाहन्छौं।’

विलियम्सले अमेरिकाविरुद्ध एक सय ७४ रन जोडेका थिए। सो खेल जिम्बाब्वेले तीन सय ४ रनले जितेको थियो। उनी जारी प्रतियोगितामा तीन सय ९० रनसहित सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। नेपालविरुद्ध पनि सतक प्रहार गरेका सेनले नेदरल्यान्ड्विरुद्ध भने ९१ रन जोडेका थिए।

जिम्बाब्वे बिहीबारबाट सुरु हुने सुपर सिक्समा समेत सोही लय कायम राख्न चाहन्छ। ‘हामीले पछिल्ला समय लय भेटाएका छौं,’जिम्बाब्वेका कप्तान सेन विलियम्सले भने, ‘हामी यो लय कायम रहोस् भन्ने चाहन्छौं।

क्रेग इर्भिन र सिकन्दर राजाले पनि प्रतियोगितामा शतक पूरा गरिसकेका छन्। सुपर सिक्समा सबै टोलीले समान तीन खेल खेल्नेछन्। शीर्ष दुई स्थाानमा रहने टोली भारतमा अक्टोबरमा हुने विश्वकपका लागि छनोट हुनेछन्। आठ टोलीले भने यसअघि नै विश्वकपमा स्थान बनाइसकेका छन्। सुपर सिक्समा जिम्बाब्वेले ओमान, स्कटल्यान्ड र श्रीलकासँग प्रतिस्पर्धा गर्नेछ। श्रीलंकाले बाँकी दुई खेलमा नेदरल्यान्ड्स र वेस्ट इन्डिजको सामना गर्नेछ। वेस्ट इन्डिजले भने श्रीलंकासहित ओमान र स्कटल्यान्डविरुद्ध खेल्नेछ।  

प्रकाशित: १४ असार २०८० ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App