१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, डिस्चार्जको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएकाले डिस्चार्जका लागि परामर्श भइरहेको अस्पतालले जनाएको छ।

भ्रम फैलाउने सम्पादक पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भई अस्पताल भर्ना भएपछि झूठो समाचार सम्प्रेषण गरेको अभियोगमा डिजिटल पत्रिका अनलाइनका सम्पादकलाई प्रहरीले पक्राउ गरेको छ।

अस्पतालमै बैठक थाले ओलीले

स्वास्थ्य अवस्थामा सुधार आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम गर्न थालेका छन्।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका प्रधानमन्त्री ओलीले मंगलबार खाजा खानुको साथै दारीसमेत आफैंले बनाएको डाक्टरले जनाएका छन्।

अस्पतालबाट ओलीले भनेः समृद्धिको सपना साकार पार्न सक्रिय हुनेछु

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार एक सन्देश जारी गर्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीको रगत र एक्स-रेको रिपोर्ट सकारात्मक, सजिलैसँग नास्ता गरे

प्रधानमन्त्री केपी शर्मा ओलीको रगत परीक्षण र छातीको एक्स-रे रिपोर्ट सकारात्मक रहेको अस्पतालले जनाएको छ। उनको मंगलबार बिहान उक्त परीक्षण गरिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै

श्वासप्रश्वासमा समस्या भएपछि सोमबार भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि थप केही दिन अस्पतालमा बस्नुपर्ने भएको छ। ‘उहाँको स्वास्थ्यलाभका लागि केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्छ,’ प्रधानमन्त्रीको उपचारमा संलग्न डा. अरुण सायमीले भने।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिर : अस्पताल

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन्। सोमबार साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै स्वास्थ्य स्थिति सुधारोन्मुख र स्थिर रहेको जनाएको छ।

ओलीको स्वास्थ्य अपडेट: छातिमा संक्रमण छ, चिनीको मात्रा सन्तुलित छैन (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएका छन्।प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरको आइसियूमा राखेर उपचार गरिएको छ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार : अस्पताल

प्रधानमन्त्री केपी शर्मा ओली उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरले बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका छन्।

भान्सामा कुटनीति !

कुटनीतिमा नयाँ नयाँ प्रयोग हुने गरेका छन्। जापान र भारतका प्रधानमन्त्रीले यसपालि यस्तै नयाँ प्रयोग गरे। सँगै खाना पकाए र खाए। अनि खुलस्त कुराकानी पनि गरे।

श्रीलङ्कामा राजनीतिक सङ्कट, को हो वैधानिक प्रधानमन्त्री ?

श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक फरक कित्तामा देखिएका हुन्।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, मन्त्रिपरिषद बैठक तीन बजे

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको मन्त्रिपरिषद बैठक आज तीन बजेलाई बोलाइएको छ। स्वास्थ्य विग्रिएपछि शुक्रबार मन्त्रिपरिषद बैठक स्थगित भएको थियो भने शनिबार नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापानमा ओली जान सकेका थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्