काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको मन्त्रिपरिषद बैठक आज तीन बजेलाई बोलाइएको छ। स्वास्थ्य विग्रिएपछि शुक्रबार मन्त्रिपरिषद बैठक स्थगित भएको थियो भने शनिबार नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापानमा ओली जान सकेका थिएनन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको बताएका छन्। चिकित्सकको सल्लाह अनुसार नियमित भेटघाट र बैठकबाट टाढा रहि निवासमै आराम गरिरहेको प्रेस नोटमा उल्लेख छ। 'हाल ज्वरो नियन्त्रणमा आइ उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ',नोटमा भनिएको छ, 'उहाँको स्वास्थ्यमा पूर्ण सुधार आएपछि सार्वजनिक कार्यक्रमहरुमा सहभागि हुनुहुनेछ।'
प्रकाशित: ११ कार्तिक २०७५ ०८:५९ आइतबार