१० मंसिर २०८१ सोमबार
image/svg+xml

हिमपातले जुम्ला सहित कर्णालीको हवाई उडान प्रभावित

सोमबार रातिदेखि जुम्ला मुगु, हुम्ला र डोल्पामा हिमपात भएपछि नेपालगन्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्स लगायत हवाई सेवा अवरुद्ध भएको नागरिक उडान प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए।

जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

६ का वडा अध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका जेष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो।

तिलाका १४ जना युवती ढाका बुनाई सीप विकास तालिमबाट लाभान्वित

जुम्लाको तिला गाउँपालिका –१ मा १ महिने ढाका बुनाई सम्बन्धि पुनर्ताजगीय सीप विकास तालिम सकिएको छ। मंसिर २५ गतेदेखि शुरु भएको उक्त तालिम पुस २५ सकिएको हो।

५० करोडमा रंगशालासहित ११ वटा संरचना निर्माण हुने

जुम्लामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका-५ मा अवस्थित राजासिममा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो।

पहिले धान र जौ फल्ने लाइजीउँलोमा: अहिले पक्की भवन टल्किन्छन्

सडक सञ्जालको पहुँच पुगे पनि कृषि उत्पादनमा सोचे जस्तो उपलब्धि हाँसिल हुन नसकेको किसानहरु बताउँछन्।

रोजगारीका लागि विदेशिने जुम्लाका युवायुवती बढ्दै

चालू आर्थिक वर्षको अहिलेसम्म ३ सय ८२ युवायुवतीहरू विदेशीएको जिल्ला प्रशासन कार्यालय जुम्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्।

जुम्लामा घरेलु हिंसाका घटना बढ्दो

आर्थिक वर्ष २०७७/०७८ देखि अहिलेसम्म प्रहरी कार्यालय जुम्लामा दर्ता भएका महिला हिंसाका उजुुरीहरु ह्वात्तै बढेको पाइन्छ।

जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

डोल्पा जिल्ला बाट जुम्ला तर्फ आउदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टर नियन्त्रण लिइएको हो।

जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलालीका एक युवकको मृत्यु

जुम्लाको विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ।

सिंजा भेगका ३ सय ७० बाढीपीडितलाई राहत वितरण

कनकासुन्दरीका १ सय ५० घरधुरी, हिमा गाउँपालिका १ सय २० घरधुरी र सिंजा गाउँपालिका भित्रका १ सय घरधुरी गरी ३ सय ७० घरधुरीलाई राहत वितरण गरिएको हो।

रेडपान्डाको बासस्थान सङ्कटमा

जाजरकोटमा बारेकोट, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा रेडपान्डा पाइने गर्दछ। डोल्पाको मुड्केचुला र जुम्लाको पातारासी र सिञ्जा गाउँपालिकामा रेडपान्डा पाइने गर्दछ।

जुम्लामा कालो बजारी रोक्न स्थानीय प्रशासनलाई नेपाल कम्युनिष्ट पार्टीको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी जुम्लाले प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गराएको छ। जिल्ला ईन्चार्ज बिर्खबहादुर शाही (प्रभाजित) र सेक्रेटेरी शक्त सिहं रोकाया (सफल) द्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्