१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जुम्लामा कालो बजारी रोक्न स्थानीय प्रशासनलाई नेपाल कम्युनिष्ट पार्टीको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी जुम्लाले प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गराएको छ। जिल्ला ईन्चार्ज बिर्खबहादुर शाही (प्रभाजित) र सेक्रेटेरी शक्त सिहं रोकाया (सफल) द्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको हो।

जनप्रीय पार्टी नेपाल कम्युनिष्ट पार्टी नेपाली जनताको एक अभिभावक पार्टी हुनुले तमाम जनताको जनजिविकाको पक्षमा सरोकार राख्नु यस पार्टीको कर्तव्य भएको ईन्चार्ज बिर्खबहादुर शाहीले बताए। उनले भने, '२०७२ असोज १९ गते पछि कर्णाली प्रदेश र विशेष गरी जुम्लामा भएको ठुलो जनधनको क्षति हुनेगरी आएको बाढी पहिरोबाट जनताको जनजीवन कष्टकर भएको प्रष्ट देखिन्छ। त्यसैबाट थप हरेक क्षेत्रका माफीया बाट आज जुम्ली जनता थप कष्टकरको दैनिकी बिताएको उनको तर्क थियो। यस प्रति हाम्रो पाटीको गम्भीर ध्यानाकर्षण भएको छ।'

शाहीले भने, 'यस्को समस्याको समाधान छिटोभन्दा छिटो गर्न हाम्रो पार्टी जिल्ला प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गर्न चाहन्छ।' जुम्लामा बाढी पहिरोको हालसम्म पनि कारण देखाई बजारमा कालो बजारी व्याप्त रुपमा छ। विशेष गरी यातायातका साधानमा जुम्ला बजारदेखि नाग्म, नराकोट, गोठीज्यूला, दैलेख, सुर्खेत, नेपालगंज र काठमण्डौ सम्मको गाडीभाडा अहिलेसम्मकै महंगो भाडा जुम्ली जनताबाट असुल गरिएको छ।  

नाग्म, नरोकोट, गोठीज्यूला, सम्म यात्रीहरुलाई टिकट सम्म पनि दिने गरिएको छैन। विभिन्न बाहानाबाजीमा अन्य व्यपारीहरूले पसलमा आफनो मनोगत मूल्यमा सामान बेचिरहेका छन्। यस्ता विभिन्न खालका बेतिथीहरु जिल्लामा छ। जुम्ला बजारदेखि गाउँटोलसम्म आवारा ग्रुपहरुको, जड्याहा चोरी डकैती र लागु औषध ओसारपसार सेवन जस्ता विकृतिले जुम्ला जिल्लाको जनजीवन निकै डरलाग्दो रहेको उनको भनाइ छ।  

यसमा स्थानीय प्रशासनको ध्यानाकर्षण हुनुपर्ने, सधैंभरि यस्तै अवस्था हुने हो भने आगामी दिनमा ठूलो संकट जनताले व्यवहोर्नुपर्ने हुँदा  प्रशासनको ध्यान जनुपर्ने उनले बताए।  

प्रकाशित: ११ मंसिर २०७९ ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App