हात्तीले कुल्चेर एक युवककाे मृत्यु
मंगलबार वारास्थित गडीमाई नगरपालिका-१६ को टाँगिया वस्तीमा हात्तीको आक्रमणबाट एक स्थानीयकाे मृत्यु भएकाे छ। विहानी समयमा कुवामा पानी भर्ने क्रममा कैलाश योञ्जन नामका युवकको हात्तीले कुल्चेर मृत्यु भएको हाे ।
मंगलबार वारास्थित गडीमाई नगरपालिका-१६ को टाँगिया वस्तीमा हात्तीको आक्रमणबाट एक स्थानीयकाे मृत्यु भएकाे छ। विहानी समयमा कुवामा पानी भर्ने क्रममा कैलाश योञ्जन नामका युवकको हात्तीले कुल्चेर मृत्यु भएको हाे ।
सूर्यपटुवा-४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ। सूर्यपटुवा-४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमणमा परेका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा राति मृत्यु भएको हो।
हात्तीको आक्रमणबाट गम्भीर घाइते एक स्कुले बालकको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।
तीन समूहमा आएका जङ्गली हात्तीले फलामको ढोका, चौकीदार बस्ने आवासगृह, भान्सा र सोही स्थान बस्ने दलबहादुर लिम्बूको टिनको छानो भएको घर भत्काएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
चितवनको माडीमा जंगली हात्तीको आक्रमणमा परेर एकजना महिलाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घटना गए राति साढे एक बजे भएको हो। चितवन निकुञ्जको आडैमा रहेको माडी नगरपालिका–८ हरिनगरमा हात्तीले आक्रमण गर्दा सोही ठाउँकी ७५ वर्षीया जलपो पावेको ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ ।
कोहलपुर-बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न बर्दिया राष्ट्रिय निकुञ्जबाट सोमबार ल्याएका चारवटा हात्तीको मंगलबार पूजाआजा गरिएको छ।
हात्तीगौंडा–टोखा सडकको बूढानीलकण्ठ नगरपालिका–७ मा किराना पसल गर्दै आएका कुमार श्रेष्ठ पसलमा बस्दा हिजोआज तनावमा हुन्छन्। खिम्ती विद्युत प्रसारण आयोजनाले सडक भत्काएपछि घाम लाग्दा धुलो र पानी पर्दा हिलाम्मे हुने सडकका कारण उनी तनावग्रस्त बन्ने गरेका हुन्।