४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँलाई लक्षित गरी घरदैलोमा पुगेर लाभग्राहीलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ।

डेङ्गीबाट ६ वर्षीय बालकको मृत्यु

डेङ्गी सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ।

मेडिकल सञ्चालकद्वय गरौजा र चौधरी जरिवाना तिरेर रिहा

अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन्।

दमौलीमा लामखुट्टे ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान

डेंगी संक्रमण बढेपछि तनहुँमा लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान तिब्र पारिएको छ। तनहुँ सदरमुकाम दमौलीको ब्यास नगरपालिका क्षेत्रमा पछिल्लो समय डेंगीले त्रसित पारेको छ। यो वर्ष तनहुँमा डेंगीले ३ जनाको ज्यान पनि गईसकेको छ। तनहुँमा मात्र यो वर्ष डेंगीका २२ सय १० जना बिरामी परेका छन्। संक्रमण अझै घटेको छैन। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।

अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीको उपचार गरेपछि मेडिकल सञ्चालक पक्राउ

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।

तनहुँ सदरमुकाम दमौली डेंगी ‘हटस्पट’ बन्दै

तनहुँको सदरमुकाम दमौली पछिल्लो समय डेंगीको ‘हटस्पट’ बन्दै गएको छ। पछिल्लो साता दिनमा कम्तिमा एकसय जनामा डेंगी संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। डेंगी संक्रमित भएका अधिकांश बासिन्दा सदरमुकाम दमौली बजारभित्रका बासिन्दा हुन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। तनहुँमा यो वर्ष अहिलेसम्म डेंगी संक्रमितको संख्या १७ सय १४ पुगेको छ।

गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा डेंगीका संक्रमित

तनहुँमा पछिल्लो समय डेंगी संक्रमण निकै नै बढेको छ। गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा अहिले डेंगीका संक्रमित रहेका छन्। ती मध्ये सबैभन्दा बढी तनहुँमा रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले बताएको छ। प्रदेशमा अहिले सबैगरि २१ सय १९ जना डेंगीका संक्रमित रहेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। केन्द्रका अनुसार सबैभन्दा बढी तनहुँमा १४ सय २२ जना डेंगीका बिरामी छन्।

तनहुँ जलविद्युत् आयोजना प्रसारण लाइन निर्माणमा ढिलाइ

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ।

तनहुँमा ७ सय ३२ जनामा डेङ्गु सङ्क्रमण, एकको मृत्यु

साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

परम्परागत सीप र पढाइ सँगसँगै

तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयले स्थानीय स्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ।

आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’

गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्देश्य राखिएको छ।

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन्।

तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्