४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न सकिँदैन–राई

सरकारले संघीय संरचना अनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने जनाएको छ। संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा शुसासन समितिको बिहिबारको बैठकमा गृहसचिव प्रेम राईले समायोजनमा जाने निजामति कर्मचारीको तह वृद्धि गरिएजस्तो व्यवस्था प्रहरीमा गर्न नसकिने बताएका हुन्।

रित्तिँदै स्थानीय तह

नियमित रूपमा कर्मचारी बिदा गर्नुपर्ने तर त्यसको ठाउँमा अरु कर्मचारीको पदस्थापन नहुने समस्याले ताप्लेजुङका स्थानीय तहमा सेवा प्रवाह प्रभावित भएको छ।

समायोजन भएका कर्मचारीले हाजिर गर्न पाएनन्

केन्द्रबाट समायोजन भएर आएका कर्मचारीले स्थानीय तहले हाजिर गर्न नदिएको गुनासो गरेका छन्।

कर्मचारी सरूवा हुँदा तीन वडा सचिवविहीन

समायोजनका क्रममा कर्मचारीको सरुवा भएपछि खोटाङको खोटेहाङ गाउँपालिकाको तीन वडा सचिवविहीन बनेको छ।

पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ समायोजन गरेको उपनिर्देशक विनितमणी उपाध्यायले जानकारी दिए।

६ हजार ट्याक्सीको मिटर भाडा समायोजन

विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ। पहिला ट्याक्सी चलाउन थालेपछि शुरुमा १४ र एक किलोमिटर गुडिसकेपछि रु ५० उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि शुरुमा रु १५ र एक किलोमिटर गुडेपछि रु ५३ उठ्नेछ।

समायोजनलाई लिएर जनार्दन र लालबाबुको चर्काचर्की

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यहरुले समायोजनमा गएका कर्मचारीहरुलाई तोकिएको ठाउँमा पठाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

संस्थागत–सामुदायिक समायोजनपछि एउटै शिक्षा प्रणाली

शिक्षामा एकरूपताका लागि उदाहरणीय काम गरेर पूर्वखोला गाउँपालिका चर्चामा आएको छ। यतिखेर सो गाउँपालिकाका सबै विद्यालयमा एउटै शिक्षा प्रणालीबाट अध्ययन–अध्यापन भइरहेको छ। निकट भविष्यमै स्थानीय पाठ्यक्रम लागू गर्ने योजना अगाडि बढाइएको छ। गाउँपालिकाभित्रका पाँच संस्थागत विद्यालय (बोर्डिङ स्कुल) का नाम फेरिएका छन्। नजिकैको सरकारी विद्यालयमा समायोजन गरिएपछि तिनहिरू अंग्रेजी ब्लकका रूपमा चिनिन थालेका छन्। संस्थागत विद्यालय सामुदायिकमा गाभिएसँगै अभिभावकहरूले चर्को शुल्क तिर्नुपर्ने बाध्यताबाट छुटकारा पाएका छन् भने विद्यार्थीहरूलाई इच्छाअनुसार नेपाली तथा अंग्रेजी माध्यममा अध्ययन गर्ने अवसर मिलेको छन्। गाउँपालिकाको सो कदमसँगै सक्नेले संस्थागत विद्यालयमा पठाउने र नसक्नेले मात्र सामुदायिकमा पढाउने अवस्थाको अन्त्य भएको स्थानीय बताउँछन्।

भिमादका तीन विद्यालय गाभिए

भिमाद नगरपालिकाको तीनवटा सामुदायिक विद्यालय समायोजन भएका छन्। केही बर्षयता विद्यार्थी अभाव खेप्दै आईरहेका हिमालय आधारभुत विद्यालय चिहानडाँडा भिमाद–९, गणेशमान स्मृति आधारभुत विद्यालय बुडुवाफाँट भिमाद–५ र जनशक्ति आधारभुत विद्यालय ढुङढुङ्गे भिमाद–८ लाई नजिकका विद्यालयमा समायोजन गरिएको हो।

रिक्त दरबन्दी विवरण पठाउन निर्देशन

सरकारले कर्मचारी समायोजनपश्चात रिक्त दरबन्दीको विवरण पठाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ। कर्मचारी समायोजनसँगै स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी अपुग भएपछि रिक्त दरबन्दीमा पदपूर्ति प्रक्रिया अघि बढाउन सरकारले स्थानीय तहसँग विवरण मागेको हो।

हवाई इन्धनको भाउ घट्यो

दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको नेपाल आयल निगमले हवाई इन्धनको मात्र मूल्य घटाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य मंगलबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी प्रतिकिलोलिटर ७५ डलर घटाएको हो। आन्तरिक उडानतर्फको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

अटेरी कर्मचारीलाई बर्खास्त गरिने

समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ। मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन २०७५को दफा १३ अनुसार अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने तयारी भएको छ।

कर्मचारीलाई काम गर्न नदिए कारबाही हुने

स्थानीय तहमा खटिएका कर्मचारीमध्ये २० हजारभन्दा बढी हाजिर हुन अटेर गरिरेहका छन् भने केही कर्मचारीहरुलाई स्थानीय तहले हाजीर हुनै नदिई फर्काइदिएका छन्।

प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति अभाव

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना कर्मचारी रहेकाेमा अहिले तीन जना कर्मचारीले सेवा दिइरहेका छन्।

केन्द्रले पठाएका कर्मचारी स्थानीय तहले फिर्ता गरे

संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन्। आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता गरिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्