४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लागुऔषधसहित दुई युवक पक्राउ

महोत्तरीको सम्सी गाउँपालीका ६ कन्हमा बोर्डरबाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा ललितपुर बज्रबराही नगरपालिका १२ का २९ वर्षीय कमल बुढाथोकी  र सिन्धुली कमलामाई नगरपालिका ४ का ३० वर्षीय राजु नेपाली रहेका छन्।

भन्सार छली ल्याएको कपडा सहित २ जना पक्राउ

भन्सार छली नेपाल भित्र्याउन लागेको अवस्थामा महोत्तरी प्रहरीले कपडा सहित २ जनालाई पक्राउ गरेको छ।

ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु, एक गम्भीर घाइते

महोत्तरीको बर्दिवास नगरपालिका १० स्थित बाँके जंगलमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। घटनामा अर्का १ गम्भीर घाइते भएका छन्।

धराप बन्दै राजमार्गका पुल

महोत्तरीका बर्दिबास, सीतापुर भंगहा र गौशाला नगरपालिकाले आन्तरिक आयका लागि भन्दै ठेक्का लगाएर अनुमति दिने र ढुंगा, गिट्टी, बालुवा उत्खन्नबाट वार्षिक करोडौं राजस्व उठाउने गर्दछ। तर नदीजन्य सामग्री निकाल्न प्रयोग गरिने ठूला एक्साभेटर, लोडर र सामान ढुवानी गर्ने टिपर दौडँदा जिल्लाका राजमार्ग र सहायक सडक जीर्ण बन्दै मात्र छैनन्, पुलहरू त धराप नै भइसकेका छन्।

अस्तव्यस्त सडक विकासको बाधक

जिल्लाका सडकहरू अस्तव्यस्त भएपछि महोत्तरी विकासमा पछाडि पर्दै गएको छ। जिल्लाका भिटामोड–जलेश्वर–जनकपुर सडक, जलेश्वर–बर्दिबास सडक, जलेश्वर–हर्दी सडक, जलेश्वर–मटिहानी सडकलगायत अधिकांश सडक सञ्जाल वर्षौंदेखि अस्तव्यस्त हुँदा विकासको ढोका खुल्न नसकेको जिल्लावासीहरू बताउँछन्।

जाडोले दुई जनाको मृत्यु

जाडोले महोत्तरीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका छन्।

मटिहानीमा घन्टाघर निर्माण कार्य सुरु

मटिहानी नगरपालिकामा घण्टाघर निर्माण कार्य सुरु भएको छ। मटिहानी नगरपालिकाको लगानीमा मटिहानी बजारको मुख्य चोकमा घण्टाघर निर्माण कार्य सुरु भएको हो।

महोत्तरीमा ५० एचआइभी संक्रमित

महोत्तरीमा एचआइभी संक्रमितको संख्या ५० पुगेको छ। एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन संघले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो।

जलेश्वरमा पखालाको कारण कोलिफर्म

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ।

बलात्कारपछि हत्याका पाँच अभियुक्तलाई सफाइ

साबिकको सुन्दरपुर र हाल सोनमागाउँपालिका घर भएकी १४ वर्षीया किशोरीलाई अपहरणपछि जबरजस्ती करणी गरी हत्या गरेको अभियोग लागेका पाँचजनालाई महोत्तरी जिल्ला अदालतले सोमबार सफाइ दिएको छ।

महोत्तरीमा स्कुल हिँडेका बालक बेपत्ता

विद्यालय जान हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन्।

रातु छहरे खोलामा भेटिएको कुकर बम सेनाद्वारा डिस्पोज

पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दिवास नजिकै रहेको रातु छहरे खोलाको पुलमा फेला परेको कुकर बम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको छ।

गाँजा सहित १ जना पक्राउ

महोत्तरीमा गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।  एकडारा गाउँपालिका १ बस्ने ५१ वर्षीय रामएकवाल मण्डललाई ६ किलो गाजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र बहादुर खड्काले बताएका छन्।

असइ थमन विक हत्याका दुई अभियुक्त अदालतमा हाजिर

शसस्त्र प्रहरीका असइ थमन विक हत्याका दुई जना अभियुक्त महोत्तरी जिल्ला अदालत जलेश्वरमा हाजिर भएका छन्।

गाँजा तस्करीको ट्रान्जिट बन्दै महोत्तरी

प्रहरी र गाँजा तस्करबीच साउन १ को मध्यराति भिडन्त भयो। एकडारा गाउँपालिका ३ अजमरपट्टी पर्सा हुँदै भारततर्फ गाँजा निकासी गर्न थालिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खडकाको नेतृत्वमा खटिएको प्रहरी टोली र तस्करबीच गोली हानाहान भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्