६ आश्विन २०८१ आइतबार
image/svg+xml

श्रमिक आपूर्तिका लागि मलेसिया र नेपालबीच संझौता

नेपाल सरकार र मलेसिया सरकारबीच श्रम संझौतामा हस्ताक्षर भएको छ। नेपाली श्रमिकलाई रोजगारीका लागि निःशुल्क मलेसिया लैजाने गरी आज संझौता भएको हो।

मलेसिया रोजगारी खुल्दै

बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार (आज) काठमाडौं आउँदैछन्।

मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा

मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन्।

रोजगारीका लागि मलेसिया जाने प्रक्रिया १२ गतेदेखि खुल्ने

गत जेठ देखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ। यसकालागि मलेसिया र नेपाल सरकारबीच  आगामी कार्तिक १२ गते श्रम संझौता हुने तय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

विश्वकप टी–२० क्रिकेट छनोटः आज नेपाल भुटानसँग खेल्दै

मलेसियामा जारी विश्वकप टी–२० छनोट क्रिकेटमा नेपालले आजको खेल भुटानसँग खेल्दैछ।

नेपाल पठाउने भन्दै अवैध कामदारमाथि मलेसियामा ठगी

मलेसियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना हुन थालेका छन्। मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल पठाउन जिम्मेवारी दिएको भन्दै केही नेपालीले नै ठगी गर्नेे गरेको पाइएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।

मलेसियाविरुद्ध जितको लक्ष्य

नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को दोस्रो खेल आज आयोजक मलेसियाको सामना गर्नेछ। खेल अहिले बिहान ७ः४५ बाट सुरु हुने छ।

‘बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्था ५ वर्षमा अन्त्य गर्छौं’ (भिडियो)

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारमाथि आर्थिक व्यभार थोपरिएको भन्दै मलेसियाको भिसा प्रक्रियासहित अन्य प्रक्रियामा आवद्ध ५ संस्थाहरु जेठ २ गते खारेज गरेपछि बन्द रहेको मलेसियाको रोजगारी नयाँ शिराबाट सूचारु हुने भएको छ। विना कुनै सम्झौता डेढ दशक अघिदेखि कामदार लिने/दिने प्रक्रियामा करिब साढे चार महिना लागेको ब्रेक हटाएर अन्ततः दुई देशका अधिकारी श्रम सम्झौतामार्फत कामदार लिने सहमतिमा पुगेपछि नेपालीका लागि मलेसिया जाने ढोका चाडै खुल्ने संकेत मिलेको हो।

पूर्व प्रधानमन्त्रीकी श्रीमती पक्राउ

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उहाँलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो।

श्रम सम्झौता प्रस्तावको बेवास्ता

करिब एक दशकको प्रयासपछि मलेसियासँग श्रम समझदारी (एमओयू) हुने पक्का भए पनि अन्य तीन मुलुकले भने बेवास्ता गरेका छन्।

नेपाल म्यानमारसँग खेल्दै, विजेता बन्दै दोस्रो चरण पुग्ने लक्ष्य

क्षेत्रीय छनोटको विजेता बन्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको नेपालले बुधबार म्यानमारविरुद्ध खेल्दै आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्रा थालनी गर्दै छ।

नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार मलेसिया प्रस्थान गरेको छ ।

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

मलेसिया नेपालबाट जाने कामदारको सबै खर्च बेहोर्न तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला हुने सहमति दुई देशका अधिकारीबीच भएको छ । मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य मुलुक हो।

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

मलेसिया नेपालबाट जाने कामदारको सबै खर्च बेहोर्न तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला हुने सहमति दुई देशका अधिकारीबीच भएको छ । मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य मुलुक हो।

मलेसियामा छन् मासिक लाखौ कमाउने नेपाली

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेथिितिका भोगाई हुन्छन् भन्ने धेरैको बुझाइ छ। तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्