काठमाडौं– नेपाल सरकार र मलेसिया सरकारबीच श्रम संझौतामा हस्ताक्षर भएको छ। नेपाली श्रमिकलाई रोजगारीका लागि निःशुल्क मलेसिया लैजाने गरी आज संझौता भएको हो।
संझौता पत्रमा नेपालका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेशियाका मानव संसाधनमन्त्री मोहम्मद कुलसागरनले आज एक संझौता पत्रमा हस्ताक्षर गरेका छन्।
संझौतामा हस्ताक्षर भएसंगै गत जेठदेखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया सुचारु हुनेछ।
प्रकाशित: १२ कार्तिक २०७५ ०६:३७ सोमबार