२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सत्तारुढ माओवादीले बागलुङमा गठन गर्‍यो 'समानान्तर सरकार'

नेकपा माओवादी केन्द्र बागलुङले 'जयनयुद्व'को झल्को दिनेगरी जनपरिषद ब्यूँताएको छ। केन्द्रको जिल्ला सचिवालयको वैठकले जिल्ला जनपरिषद बनाएको हो।

फोहर फाल्ने ठाउँ नहुँदा पोखरा–बागलुङ राजमार्ग दुर्गन्धित

सदरमुकाम कुश्माबजारमा झण्डै ४० हप्ताभन्दा बढी सरसफाइ अभियान गरिएपनि बजारबाट उठाइएको फोहर व्यवस्थापन गर्ने ठाउँ नहुँदा पोखरा–बागलुङ सडक भने दुर्गन्धित बन्न थालेको छ।

बागलुङमा पहिरोले पुरिएर तीन जनाको मृत्यु, चार जना बेपत्ता

जिल्लाको पश्चिममा बाढी पहिरोको कारण तीन जनाले ज्यान गएको छ। चार जना बेपत्ता भएका छन्। निरन्तर वर्षाका कारण बाढी पहिरो जाँदा ढोरपाटन नगरपालिका-५ मा एक जना र निशीखोला गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।

बागलुङका चार पत्रकार पुरस्कृत

बागलुङ कालिका भगवती गुठीमा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार’ बाट यहाँका चार पत्रकार पुरस्कृत भएका छन् ।

बेपत्ता युवक सार्वजनिक गर्न माग गर्दै बागलुङ सदरमुकाम बन्द

लागूऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन्।

कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशत प्रगति

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ।

पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा पोखरा-बागलुङ सडक अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका-११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको हो।

बागलुङमा जीप दुर्घटना, दुईको मृत्यु

जीप दुर्घटनामा बागलुङमा दुई जनाको मृत्यु भएको छ । लेखानीबाट रेशतर्फ जादै गरेको जीप दुर्घटनामा पर्दा दुई जनाको घटनास्थलमै ज्यान गएको हो।

बाढीले पुल बगाएपछि बागलुङका आधा दर्जन गाउँको जनजीवन कष्टकर

काठमाडौं-बाढीले पुल बगाएको एक सातासम्म पनि वैकल्पिक व्यवस्था नहुँदा जिल्लाको अधिकारीचौर गाविसका आधा दर्जन गाउँमा आवतजावत गर्न समस्या भएको छ । सो गाविसका रहेको भुजी सहित विभिन्न खोलाका आठ पूल बगाएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । बजारसंगको सम्पर्क टुकेको छ, सयौं विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन् ।

बागलुङमा तीनको मृत्यु, बाढीपहिरोले २६ घर बगायो

काठमाडौं– अविरल वर्षासँगै आएको बाढी, पहिरोले बागलुङमा मानवीयसहित करोडौंको क्षती भएको छ। पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन् भने २६ घर बाढीले बगाएको छ। मृत्यु हुनेमा राजकुत—७ का सन्तबहादुर तामाङकी छोरी तुजी तामाङ(८), डिकी तामाङ(२२) , दर्लिङ—७की यमुना बुढा(१८) छन्।

बागलुङलाई लप्सी उत्पादनको ‘पकेट क्षेत्र’ बनाइने

बागलुङ– जिल्लाको जैदी र रायडाँडा गाविसलाई लप्सीको पकेटक्षेत्र बनाइने भएको छ। दुबै गाविसका चार सामुदायिक वनमा यो वर्ष ५ हजार ९०० लप्सीका बिरुवा रोपिएको छ। जिल्ला वन कार्यालयले सामुदायिक वनका उपभोक्तालाई निःशुल्क रुपमा बिरुवा उपलब्ध गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्