४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पुत्र शोकपछि दाहाल चितवनको सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाश दाहालको अचानक भएको निधनपछि आज पहिलो पटक चितवनमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।

चितवनमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन सम्पन्न

चितवनमा भैँसीपालन र उत्पादनको क्षेत्रमा कार्य गरिरहेको विश्वका विभिन्न देशका वैज्ञानिकहरूको सहभागितामा अन्तर्राष्ट्रिय भैँसी विज्ञको सम्गोष्ठी सम्पन्न भएको छ ।  चितवनको सौराहामा यही कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चार बुँदे निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय भैँसी सम्गोष्ठी सम्पन्न भएको हो ।

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका चितवन इन्चार्ज पक्राउ

चुनाब विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले आइतबार दिउँसो नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्जार्च लालबहादुर बिसीलाई गिरफ्तार गरेको छ।

दलहरुद्वारा चितवनमा चुनाबी कार्यक्रम स्थगित

चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र शोकमा परेपछि चितवनका दलहरुले चुनाबी प्रचार प्रसारका कार्यक्रमहरु स्थगित गरेका छन्।

राजधानी दाबी चितवनबाट मकवानपुर सर्दै

‘देशको मध्य भागमा रहेका कारण यसलाई राजधानी बनाइनेछ ।’ यो चितवनमा हुने हरेक सभा र कार्यक्रममा नेता र विकासे कार्यकर्ताले प्रायः नछुटाउने वाक्य हुने गथ्र्यो । केही समययता भने चितवनमा ‘राजधानी’ को चर्चा पनि हुन छाडेको छ । संघीय अर्थात् केन्द्र सरकारको राजधानी नभए पनि प्रदेशको राजधानी बनाउने मुद्दा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा उठेको थियो । अहिले यो सन्दर्भ कसैले सम्झँदैनन् ।

चितवनमा विपन्नलाई कडा रोगको उपचार सुरु

चितवनको पुरानो मेडिकल कलेजमाअब नेपाल सरकारले तोकेको कडा रोगहरुको पनिउपचार पाइने भएको छ। कडा रोगमध्ये क्यान्सर बाहेक मुटुरोग, स्पाइनलइन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्सको उपचार तथा हेमोडायलाइसिस सेवा सुरु भएको अस्पतालकाप्रमुख सञ्चालनअधिकृत डा सुप्रभातश्रेष्ठले बताएका छन्। यो सुविधापाउन सेवाग्राहीले स्थायीबसोबास भएको स्थानीय निकायबाट विपन्नताको सिफारिस लिइअन्यआवश्यककागजात सहितजिल्लाजनस्वास्थ्यकार्यालयमागई जिल्लास्तरीय सिफारिस पत्रल्याउनुपर्ने अस्पतालले जनाएको छ।

चितवन दुईमा ‘घाम’ कि ‘बादल’ ? टुगिंनै गाह्रो !

दशैंयताको मौसम र आउँदो निर्वाचनमा चितवनको क्षेत्र नं. २ मा वामपन्थी गठबन्धनबाट उम्मेद्वार हुने व्यक्तिको चर्चा एकै खालको छ । मौसम कहिले घाम कहिले बादल भए झै सो क्षेत्रमा कहिले घाम अर्थात् चुनाव चिन्ह सूर्य भएको एमाले पार्टीका कृष्णभक्त पोखरेलले टिकट पाएको खबर आउँछ भने कहिले बादल उपनाम भएका माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा उठ्ने पक्का भयो है भन्ने हल्ला चल्छ ।

दाहाल चितवन आउँदा स्वागतमा एमाले नेताको लर्को

केन्द्रीय रुपमा नै एमालेसँग गठबन्धन गरेर चितवनबाट चुनावमा उठ्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार चितवन आउँदा भरतपुर विमान स्थलमा स्वागत गर्न लाम लाग्नेमा माओवादीका नेताहरु मात्रै थिएनन्।

चितवनका जनताले ऐतिहासिक निर्णय गर्नेछन् : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन्।

चुनावी चर्चाको केन्द्रमा चितवन

स्थानीय तह निर्वाचनमा चितवन चर्चाको केन्द्रमै रह्यो । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि चितवनको नतिजातर्फ धेरैको चासो रहनेछ । चितवनमा दोस्रो चरणमा मंसिर २१ गते मतदान हुँदैछ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गएको भदौ २३ मै चितवनबाट उम्मेदवार हुने घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणासँगै चितवनमा मात्रै होइन, देशभर नै चुनावी चर्चा ह्वात्तै बढ्यो ।

चितवनलाई मेडिकल शिक्षा केन्द्र बनाउन तदारुकता

चितवनको स्वास्थ्य क्षेत्र सुधार सुझाव कार्यदलले जिल्लालाई सबै खालका रोगको उपचार सम्भव हुने स्वास्थ्य निकायको केन्द्र बनाउनुका साथै मेडिकल शिक्षाको नमुना जिल्ला बनाउन सकिने सुझावसहितको प्रतिवेदन तयार गरेको छ।

बाढीपछि चितवन निकुञ्जमा अर्नाको बेहाल

कोसी टप्पु बन्यजन्तु आरक्षबाट स्थानान्तरण गरेर चितवन निकुञ्जमा ल्याइएका अर्ना (जंगली भंैसी) बाढीका कारण बेहाल अवस्थामा पुगेका छन् । निकुञ्जभित्र पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनलाई विद्युतीय तारबार गरेर कोसीबाट ल्याएका १२ र जावलाखेलको सदर चिडियाखानाबाट ल्याएका तीन गरेर १५ वटा अर्ना राखिएको थियो । चिडियाखानाबाट ल्याएका तीनवटा अर्ना पहिला नै मरेका थिए।

चितवनका बैंकबाट तीन अर्ब रुपैयाँ बाहिरियो

नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ।

शृंगारिक चितवन

गजलकार प्रेमविनोद नन्दनले पछिल्लो समय लेखेको गजल हो यो । अहिले उनी ८२ काट्न लागिसके तर उनलाई प्रेमिल गजल नै प्रिय लाग्छ, उनलाई साहित्यको शृंगार रस मनपर्छ ।

निगम जग्गा निकुञ्ज मध्यवर्ती क्षेत्रमा

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई वातावरणीय दृष्टिले संवेदनशील मानिन्छ । निकुञ्जको वातावरणमा असर पर्ने भन्दै मध्यवर्ती क्षेत्रमा उद्योग, कलकारखाना सञ्चालन गर्न निरुत्साहित गर्नुका साथै पुल, सडकजस्ता पूर्वाधार निर्माणमा पनि कडाइ गरिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्