४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चितवनमा समानुपातिकमा एमाले, काँग्रेस, माओवादीपछि विवेकशिल

चितवनमा समानुपातिक तर्फको मत गणना जारी छ। मत गणना आज साँझसम्म सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

चितवनमा विवेकशिल कतै तेस्रो कतै चौथो

वैकल्पिक शक्तिको नारा दिएर भर्खर गठन भएको नयाँ दल विवेकशिल साझा पार्टीका उम्मेदवारहरुले चितवनमा निकै कम मत ल्याएका छन् । तर सो पार्टीका उम्मेदवारहरु कुनै क्षेत्रमा तेस्रो स्थानमा त कुनैमा चौथो भएका छन् ।

बास्कोटा चितवन टाइगर्सको कप्तान

एभरेस्ट प्रिमियर लिग (इपिएल) टोली चितवन टाइगर्सले पृथु बास्कोटालाई कप्तानमा नियुक्त गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममाझ चितवन टाइगर्सले पृथुलाई कप्तानको रूपमा नियुक्त गरेको घोषणा गरेको हो ।

चितवनका सबै प्रदेशमा वामपन्थी विजयी

चितवनका छवटा प्रदेशसभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको छ । छ प्रदेशमै वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । पछिल्लो पटक घोषणा भएको चितवन क्षेत्र नं. ३ को प्रदेश सभा १ को अन्तिम मत परिणाम अनुसार वाम गठबन्धनका एमाले उम्मेदवार कृष्ण भुर्तेलले नेपाली काँग्रेसका दिनेश कोइरालालाई पराजित गरेका छन्।

चितवन १ मा सुरेन्द्र पाण्डे विजयी

चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे विजयी भएका छन्। उनले कांग्रेसका राजेन्द्र वुर्लाकोटीलाई पराजित गरे।

चितवन क्षेत्र नं. ३ को आधा मत गणना

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नं. ३ मा कुल खसेको मतमध्ये आइतबार साँझसम्म आधाभन्दा केही बढी मत गणना भएको छ । सो क्षेत्रको ४८ हजार २८९ मत गणना हुँदा दाहालले २४ हजार ९४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको १९ हजार ५४ मत आएको छ ।

चितवन क्षेत्र नं. २ मा एमालेका पोखरेल विजयी

प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा प्रतिनिधि सभा क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार रहेका एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन्। उनले नेपाली काँग्रेसका उम्मेदवार शेषनाथ अधिकारीलाई पराजित गरेका हुन् । प्रतिनिधि सभाको क्षेत्र नं. १ र ३ मा मत गणना जारी नै छ । सोमबार अबेलासम्म अन्तिम परिणाम आउने सम्भावना छ ।

चितवनका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि

चितवनका प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र गरी सबै नौ निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरू अगाडि छन् । धेरैले चासो दिएको चितवन क्षेत्र नं. ३ मा वामगठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिस्पर्धी उम्मेदवार लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेभन्दा चार हजार बढी मतले अगाडि छन् ।

चितवन ३ : दाहाल फराकिलो अग्रतातर्फ

प्रतिनिधि सभा सदस्य पदका लागि चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरुवाती परिणाममा पछाडी परे पनि अहिले उनले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर बढाउँदै लगेका छन् ।

चितवन ३ मा दाहालको अग्रता

चितवन ३ मा झिनो मतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अग्रता लिएका छन्। दाहाले १००३ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ९८० मत प्राप्त गरेका छन्। दाहाल पाण्डे भन्दा २३ मतले अगाडि छन्। दाहाललाई एमालेको र पाण्डेलाई कांग्रेसको समर्थन छ।

चितवन ३ मा विक्रम पाण्डेको अग्रता

चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठवन्धनका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले अग्रता लिएका छन्। पाण्डेले ६८७ प्राप्त गरेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ४७३ मत प्राप्त गरेका छन्। यो परिणाम १२३९ मत गणना हुँदाको हो।

चितवनमा २० प्रतिशत मतदान

प्रतिनिधि सभा प्रदेश सभा सदस्य निर्वाचनमा आज बिहानदेखि भइरहेको मतदानमा लगभग २० प्रतिशत मतदाताले मत हालिसकेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । ‘अघि १० बजेसम्म ठाउँ ठाउँका साथीहरुले गरेको रिपोर्टिङअनुसार २० प्रतिशतको हाराहारीममा मतदान भइसकेको बुझिन आएको छ’ कार्यालयका प्रमुख हरि ढकालले भने ।

दाहाल मतदाता पनि चितवन क्षेत्र नं. ३ कै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार हुन आफ्नो पुरानो थलो चितवन क्षेत्र नं. ३ मात्रै फर्केका छैनन् मतदाता पनि सोही ठाउँका भएका छन् । यसअघि सम्पन्न तीनवटा निर्वाचनमा दाहालले हाल भरतपुर महानगरपालिकाको वडा नं. ४ मा पर्ने लक्ष्मी माविमा मतदान गर्दै आएका थिए । यो पटक उनी उम्मेदवार हुन चितवन आउनुका साथै मतदाता पनि भरतपुर महानगरपालिका वडा नं. १४ का भएका छन् । सो वडामा शिवनगर पर्छ ।

चितवनवासीको चाहना बल्ल बुझ्दैछु : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।  उनले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताएका छन्।

चितवनको चुम्लिङटारमा बस त्रिशुलीमा खस्यो, ६ को मृत्यु, ९ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिक चुम्लिङटारमा यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ  भने ९ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्