१४ आश्विन २०८१ सोमबार
image/svg+xml

म्याग्दीकी पुजालाई पोर्चुगलबाट हमाल दम्पतीको ५० हजार सहयोग

गैरआवासीय नेपाली संंघ पोर्चुगलका आइसीसी सदस्य एवं व्यवसायी नरेन्द्र हमाल र सरस्वती दम्पतीले गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

म्याग्दीकि हिरा परियार ओमनमा अलपत्र

म्याग्दीकी एक महिला ओमनमा अलपत्र परेकी छन्। रोजगारको सिलसिलामा यूएईमा आर्कषक तलब सुविधाको प्रलोभन देखाएर ओमनमा पुर्‍याइएकी बेनी नगरपालिका ९ नेप्टेचौरकी हिरा परियारले आफ्नो जीवन रक्षाको माग गरेकी छन्।

घाइते लिन मुस्ताङ गएकाे सेनाकाे हेलिकाेप्टर म्याग्दीमा आकस्मिक अवतरण

मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ याङ्बोचेमा ट्रिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरको शव लिन गएको नेपाली सेनाको हेलिकाेप्टर मौसम खराबीले म्याग्दीमा आकस्मिक अवतरण गरिएको छ।

अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र

पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन्।

म्याग्दीमा  बाढीले चार घर पुर्‍यो,सडक अवरुद्ध

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ।  भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए। बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा शेर्पाको एक तले घरमा पूर्णरुपमा क्षति पुगेको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ग्राम उद्योग स्थापना गर्ने

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिकाले वडा नं ६ घारको मुलपानीमा ग्राम उद्योग स्थापना गर्ने निर्णय गरेको छ। प्रदेश नं ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निर्णयको कार्यान्वयन गदैं बुधबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको गाउँ कार्यपालिकाको वैठकले मुलपानी क्षेत्र उपयुक्त भएको निर्णय गरेको हो।

म्याग्दीमा व्यावसायिक जडीबुटी खेती शुरु

उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मंगला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती शुरु गरिएको छ।

म्याग्दीमा विद्युतीय भुक्तानी सेवाको सुरुवात

म्याग्दीको सदरमुकाम बेनीमा विद्युतीय भुक्तानी सेवाको सुरु भएको छ। जिल्लामा सरकारी कार्यालयहरुबाट हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (इ–पेमेन्ट) प्रणालीको सुरु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीले जनाएको छ ।

उपचार खोज्दै बंगलादेशबाट म्याग्दीको तातोपानी

दक्षिण एसियाली राष्ट्र बंगलादेशकी जशोदालाई एकदशकदेखि ग्यास्ट्रिक र घुँडाको समस्याले सताइरहेको छ । बंगलादेश र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदासमेत निको भएन । अस्पतालमै उनले धेरै पैसा खर्च गरे पनि रोग निको नभएपछि उपचारको खोजीमा म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा आएर स्नान गरिन् ।

बन्दले म्याग्दीको जनजीवन प्रभावित

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार गरेको बन्दले बिहानै देखी म्याग्दीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेका छैनन्।

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

म्याग्दी जिल्लामा निर्माण हुने २५ मेगावाट क्षमताको म्यादी खोला जलविद्युत् आयोजनालाई तीन अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी जुटेको छ।

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

म्याग्दी जिल्लामा निर्माण हुने २५ मेगावाट क्षमताको म्यादी खोला जलविद्युत आयोजनाका लागि ऋण लगानि जुटेको छ। धौलागिरी कालिका हाइड्रो लिमिटेडले बनाउने उक्त आयोजनाका लागि ३ अर्व रुपैयाँभन्दा बढी ऋण लगानी गर्न आधा दर्जन बैंक तथा वित्तिय संस्था तयार भएका छन्।

म्याग्दीका ६७ किसान सम्मानित

कृषि विकास कार्यालय म्याग्दीले जिल्लाका किसानलाई सम्मान गरेको छ। छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित बृहत्त कृषि प्रर्दशनी मेलामा खाद्य, तरकारी, फलफुल, दलन–तेलन, माछा–हाँस, अन्न र विविध गरी ७ वटा समूहलाई सम्मान गरिएको हो।

म्याग्दीमा एमालेका भुपेन्द्रबहादुर थापा विजयी

म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी भएका छन्।  थापा २३ हजार ३०८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगेसका खमबहादुर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्