१४ आश्विन २०८१ सोमबार
image/svg+xml

म्याग्दीको प्रदेशसभा (क)मा माओवादी र (ख) मा एमाले विजयी

म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन् ।

म्याग्दीमा मतगणना सुरू

पहिलो चरणमा निर्वाचन सम्पन्न भएको म्याग्दीमा बिहीबार साँझ पाँच बजेबाट मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समयमै प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सुरू भएको हो । राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले सिलबन्दी खोलेर उम्मेदवार र प्रतिनिधिहरूको उपस्थितिमा मतगणना सुरू भएको हो। प्रतिनिधिसभाको दुई र २ वटा प्रदेशसभाको एक–एक ठाउँमा गरी चार ठाउँमा मतगणना गरिएको छ ।

हङकङ सरकारबाट म्याग्दीकी गुरूङ सम्मानित

म्याग्दीकी राधिका (टिका) गुरूङ समाज सेवामा योगदान गरेबापत हङकङ सरकारबाट सम्मानित भएकी छिन्। शनिबार हङकङ सरकारकी कार्यकारी प्रमुख क्यारी लामले बेनी नगरपालिका–७ विरेन्द्रचोककी गुरूङलाई  चिफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ बाट सम्मानित गरिएको हो।

कांग्रेस म्याग्दीका कार्यकर्ताले राप्रपालाई अस्वीकार गर्ने

प्रजातान्त्रिक गठबन्धनबाट म्याग्दी जिल्लाको क्षेत्र नम्बर १ राप्रपालाई परेपछि नेपाली कांग्रेस म्याग्दीका नेता–कार्यकर्ता रुष्ट भएका छन् । राप्रपा विभाजित भएसंगै जिल्लामा कमजोर बनेको शक्तीलाई आफ्नो बलियो पकट भएको क्षेत्रमा पार्टीले राप्रपालाई छोडेको भन्दै विद्रोहको चेतावनी नेता–कार्यकर्ताले दिएका छन् ।

म्याग्दीमा ४.२ रेक्टरस्केलको भूकम्प

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनालाई केन्द्रविन्दु बनाएर साेमबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर २ मिनटे मुना आसपासको क्षेत्रमा नयाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुतिरहेको अवस्थामा जमिन हल्लिएपछि लुलाङ, ताकम, मुदीका साथै म्याग्दीको सदरमुकाम बेनीबजारसम्म धक्का महसुस भएको थियो । ‘एक्कासी जमिन हल्एिपछि स्थानीय त्रसित भएका छन् । धेरैपछि भूकम्पको गयो’ धौलागिरि गाउँपालिका– ७ को ताकमका गोपाल आचार्यले भने । उनले जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए ।

सेनासहित चार हेलिकोप्टर लिएर किन म्याग्दी पुगे एनआरएन नेताहरु?

चुनाबको तयारीमा जुटेका एनअारएन नेताहरु अाइतबार कोही पनि काठमाडौंमा थिएनन्। लगभग सबै नेताहरु हेलिकप्टर चार्टर गरेर म्याग्दी गएका कारण दरबारमार्ग क्षेत्रमा उनीहरुको उपस्थिति देखिएन।

म्याग्दी कांग्रेसद्वारा उम्मेदवार सिफारिस

नेपाली कांग्रेस म्याग्दीले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले बिहीबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।

म्याग्दीको मालिका गाउँपालिकामा– १ मा काँग्रेस विजयी

मालीका गाउँपालीका– १ वडाध्यक्षमा नेपाली काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वुद्धीबहादुर पुनले २६४ र नेकपा (माओवादी केन्द्र)का गोविन सिउथानीले १३५ मत प्राप्त गरेका छन्।

म्याग्दीमा शान्तिपूर्णरुपमा मतदान हुँदै

दुईदशक पछी हुन लागेको स्थानीय तहको निर्वाचन म्याग्दीमा निर्धारित समयमै सुरू भएको छ । बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७१ हजार ४६३ जनता मतदाता, एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीका सबै तहमा शान्तिपूर्णरुपमा निर्वाचन भइरहेको छ । मतदाताको सुरक्षाका लागि प्रहरी, नेपाली सेना र शसस्त्रले सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रसम्म सुरक्षा दिइरहेको छ ।

म्याग्दीको घतानमा कांग्रेस–एमालेबीच झडप, दुई मोटरसाईकलमा आगजनी

बेनी नगरपालिका–९ घतानस्थित नेप्टेचौरमा शुक्रबार राती नेपाली कांग्रेस र नेकपा एमाले समर्थित यूवाबीच झडप भएको छ।

म्याग्दीको ज्यामरुककोटमा सकेट बम विष्फोट

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा गएराती १०.३० बजे ठूलो आवाज सहित सकेट बम विष्फोट भएको छ । अर्जुन मावि मतदान केन्द्र भन्दा अलि टाढा स्थानीयलाई त्रसित गराउने गरी दुई पटकसम्म विष्फोट भएको अर्जुनमावि मतदात केन्द्रमा खटिएका प्रहरीले समेत घटनाको पुष्टि गरेको छ । विष्फोट कसले कुन प्रयोजनका लागि गराएको भन्ने बारेमा पुष्टि नभएपनि निर्वाचनको खारेजीको माग गरिरहेको नेकपाको संलग्न रहेको हुनसक्ने अनुमान गरिएको छ ।

म्याग्दीमा ३३ प्रतिशत कर्मचारी अभाव

म्याग्दीका सरकारी कार्यालयमा विभिन्न तहका आठ सय नौ कर्मचारीको दरबन्दी रहेकोमा हाल पाँच सय ४६ जना कर्मचारी मात्र दरबन्दीमा कार्यरत रहेको देखिन्छ । जिल्ला निर्वाचन कार्यालयले सङ्कलन गरेको कर्मचारी विवरणअनुसार म्याग्दीमा विभिन्न तहका दुई सय ६३ पद रिक्त रहेका छन् ।

म्याग्दीका चौध ठाउँमा तातोपानीका मुहान

म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् ।

अरुणाको नेतृत्वमा म्याग्दीको टोली

राष्ट्रिय महिला भलिबल टोलीकी अरुणा शाहीको नेतृत्वमा रहेको म्याग्दीको भलिबल टोली सोमबार पश्चिमाञ्चलस्तरीय छनोट प्रतियोगितामा फाइनल पुगेको छ। पूर्वाञ्चलमा हुने राष्ट्रिय प्रतियोगिताको छनोट खेलमा म्याग्दीले मुस्ताङ, स्याङ्जा र रुपन्देहीलाई पराजित गर्दै फाइनलयात्रा तय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्