१४ आश्विन २०८१ सोमबार
image/svg+xml

म्याग्दीको भकिम्लीमा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

म्याग्दीको भकिम्ली–७ हल्लेगौंडमा शनिबार दिउँसो ग २ च २००६ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सदरमुकाम बेनीदेखि भकिम्लीतर्फ गैरहेको बोलेरो पानीस्वाँरास्थित हल्लेगौंडाको घुम्तीबाट झण्डै ६० मिटर तल सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

म्याग्दीका क्वार्जखानी अलपत्र

जिल्लाकै विकट गाविस गुर्जामा आठ वर्षअघि पहिचान गरिएकोढुंगाखानी अझै उत्खनन हुन सकेको छैन । गुर्जा हिमालको फेदी घुर्मखोलामा रहेको खानीमा विलासी वस्तुमा प्रयोग हुनेक्वार्ज नामक ढुंगा रहेको ०६५ सालमै पहिचान गरिएको थियो तर उत्खननमा राज्यले अहिलेसम्म उचित पहल गरेको छैन ।

स्वास्थ्य मन्त्रीका नजरमा म्याग्दी जिल्ला अस्पताल नमुना

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सीमित साधन र स्रोत भए तापनि म्याग्दी जिल्ला अस्पतालले समुदायको सहयोगका कारण नेपालका अरु जिल्ला अस्पतालभन्दा उत्कृष्ट सेवा प्रवाह गरेको बताएका छन् ।

म्याग्दीमा दैनिक ५ करोड रेमिटेन्स

रोजगारीकासिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दसैंतिहारलाई लक्षित गरेर रेमिटेन्स पठाउन थालेपछि वित्तीय संस्थामा चहलपहल सुरू भएको छ।शिक्षा, रोजगारी, व्यापारको सिलसिलामा विदेश बसेकालेचाडपर्वमा आवश्यक सामान किन्न र घरायसी खर्चका लागि पैसा पठाउने गरेका छन्।

म्याग्दी जिल्लाको मासिक टेलिफोन बिल डेढ करोडको

जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् । नेपाल टेलिकम, बेनीले सङ्कलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरण अनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा कुरा गर्न मासिक रु एक करोड ३५ लाख खर्च गरेको पाइएको हो ।

हेर्दाहेर्दै बगर बन्यो म्याग्दीको बेग गाउँ (फोटो फिचर)

उत्तरी म्याग्दीको बेग गाविस–६ मा बिहीबार राती आएको बाढीले १४ घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिक रहेको बस्तीलाई गाविसको माथिल्लो क्षेत्रमा पहिरो खसेपछि ठाडो खोलामा आएको बाढीले बगर बनाएको हो ।

म्याग्दीमा बाढीले ११ घर बगायो

गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म्याग्दीमा लामो झोलुंगे पुल शिलन्यास

म्याग्दीको पर्यटकीय गाउँ बेगखोला गाविसमा जिल्लाकै लामो झोलुंगे पुलको शिलान्यास गरिएको छ । बेग गाउँबाट बाँदुग जोड्ने झोलुंगे पुलको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले शिलान्यास गरेका हुन् । जिल्लाकै अग्लो पुलको शिलान्यास कार्यक्रममा स्थानीयबासीले भव्य समारोहमा अतिथिलाई स्वागत गरेका थिए ।

म्याग्दीमा ५ स्थानीय निकायका लागि सबै दलको साझा प्रस्ताव

बाबियाचौर (म्याग्दी)– म्याग्दीका राजनीतिक दलले सङ्घीय संरचना अनुसार स्थानीय तहको पुनःसंरचनाका लागि साझा प्रस्ताव तयार गरेका छन्। नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, राप्रपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाका नेताको शुक्रबार बसेको बैठकले म्याग्दीमा गठन हुने पाँचवटा स्थानीय तहको सीमाङ्कन, केन्द्र र नामका लागि साझा प्रस्ताव तयार गरेका हुन्।

म्याग्दीको शिखमा पहिरोले दुईतले घर भत्कियो, एकको मृत्यु

म्याग्दीको शिख गाविस–२ टोल्केबासमा शनिबार विहान पहिरोले घर भत्किँदा एकको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोले घरमा भत्किँदा ८६ वर्षीय आइतसिंह दमाईको मृत्यु भएको छभने उनकी श्रीमती ८३ वर्षीया रुपा दमाई घाइते भएकी छन्। विहानपख पहिरोले घर भत्किँदा बृद्ध दमाईको ज्यान गएको हो।

म्याग्दीमा २ सय २१ उजुरी दर्ता

म्याग्दी- सशस्त्र द्वन्द्वका घटनाका दोषीलाई कारबाही र बेपत्ताको खोजी माग गर्दै म्याग्दीमा २ सय २१ वटा उजुरी परेका छन्। सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले उजुरी माग गरेसँगै पीडित परिवारले आयोगले तोकेको पहिलो चरणको अवधि (असार २) गतेभित्र स्थानीय शान्ति समितिमा उजुरी हालेका हुन्। उजुरीको हाल्नेको संख्या बढेसँगै आयोगले अवधि थप एक महिना बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्