![किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै गणेश](https://images.nagariknewscdn.com/thumbs/third-party/1720366733_kriya-600x400.jpg)
हेर्दाहेर्दै बगर बन्यो म्याग्दीको बेग गाउँ (फोटो फिचर)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/media/2016/Beni-Flood-pic-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/57c93339b525a-1200x560-wm.jpg)
म्याग्दी–उत्तरी म्याग्दीको बेग गाविस–६ मा बिहीबार राती आएको बाढीले १४ घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिक रहेको बस्तीलाई गाविसको माथिल्लो क्षेत्रमा पहिरो खसेपछि ठाडो खोलामा आएको बाढीले बगर बनाएको हो । मध्यरातमा बाढी बस्तीमा छिरेपछि स्थानीयले भागेर ज्यान जोगाएका थिए । प्रहरी निरिक्षक लोकेन्द्र गुरुको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीयबासीलाई सुरक्षित स्थानमा सारेको थियो ।
बेगखोलाको माथिल्लो क्षेत्रमा भीषण पहिरो गएपछि आएको बाढीले पुर्ण प्रसाद सिंजाली, ओम कुमार सिंजाली, रत्न प्रसाद गर्बुजा, बल बहादुर पाईजा, बल बहादुर पुर्जा, टेक बहादुर बुढाथोकी, विर्ख बहादुर पाईजा, लोक बहादुर पुर्जा, निर बहादुर बुढाथोकी, कमल पाईजा, झ बहादुर गर्बुजा लगाएतको घर बगाएको छ ।
बाढीमा परेर ४८ बर्षीय पुर्ण बहादुर सिंजाली सम्पर्कविहीन भएका छन् । प्रहरी निरीक्षक लोकेन्द्र गुरूका अनुसार बाढीले घर सहित सम्पूर्ण सामाग्री बगाएपछि स्थानीयलाई बस्न खानको निकै समस्या भएको छ । बिहीबार राती अत्याधिक बर्षा भएपछि खोलाले बस्ती कटान गरेको स्थानीय ओमकुमार सिंजालीले बताए ।
बाढीपिडितलाई उद्धार गर्न प्रहरी, नेपाली सेना, सशस्त्र र नेपाल रेडक्रस सहित स्थानीयबासी परिचालित भएका छन् । आसपासका क्षेत्रमा कालिगण्डकी नदीले समेत कटान गरेको छ । बेनीदेखी मुस्ताङ जोड्ने बेलीब्रिज र झोलुङे पुल समेत पहिरोले बगाएको छ । बेनी–जोमसोम सडक तत्काल सञ्चालनको सम्भावना समेत देखिएको छैन ।
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/57c93339c3354-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/57c9333be1945-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/57c9333be61ec-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/57c9333dd66b5-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/57c9333e04dd1-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/57c9333fef9dd-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/57c9334007aab-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/57c933420d246-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/57c93342137aa-1200x560-wm.jpg)