चीनपछि हङकङमा 'दंगल'
अभिनेता आमिर खान अभिनित फिल्म 'दंगल' ले चीनमा मात्र १२ अर्ब कमाउँदै विश्वव्यापी कुल कमाइको आँकडा १९ अर्ब २० करोड पुर्याएको छ। योसँगै 'दंगल' सबैभन्दा बढी कमाइ गर्ने पहिलो भारतीय फिल्म बनेको छ।
अभिनेता आमिर खान अभिनित फिल्म 'दंगल' ले चीनमा मात्र १२ अर्ब कमाउँदै विश्वव्यापी कुल कमाइको आँकडा १९ अर्ब २० करोड पुर्याएको छ। योसँगै 'दंगल' सबैभन्दा बढी कमाइ गर्ने पहिलो भारतीय फिल्म बनेको छ।
एसिसी इमर्जिङ कपको अन्तिम खेलमा नेपालले चिरप्रतिद्वन्द्वी हङकङलाई ७ विकेटले पराजित गरेको छ। नेपालका तीन ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह र शरद भेषावकरले अर्धशकत पूरा गर्दा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको हो।
एसिसी इमर्जिङ कपको अन्तिम खेल खेलिरहेको नेपाललाई हङकङले २१५ रनको चुनौती दिएको छ। बंगलादेशमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। हङकङले ५० ओभरमा अलआउट हुँदै २१४ रन बनाउन सक्यो।
प्रहरीले अवैध रुपमा ३८ हजार नौसय ९९ अमेरिकी डलर हङकङ लैजान खोज्ने पेम्बा लामालाई पक्राउ गरेको छ ।
होलीको अवसर पारेर नेपाली सांगीतिक ब्याण्ड ‘नेपथ्य’ले हङकङमा सांगीतिक प्रस्तुती दिएको छ। आइतबार युन लुंग थिएटरमा ‘नेपथ्य हङकङ साँझ’ मा ब्याण्डले नयाँ र पुराना गीतहरु प्रस्तुत गरेको थियो। ब्याण्डका प्रशंसकहरुको कारण टोलीले यो प्रवासी भूमिमा पटक–पटक आफूलाई प्रस्तुत गरेको छ।
दोश्रो विश्वयुद्ध लडेका ती पुराना वीरले मेरो सानो परिचय लिइसकेपछि झम्म रुखहरूले घेरेको सानो पार्कमा नेपालको राजनीति र तिनका नेताका चर्तिकला सुनाएर जिउ हल्का पारे । बिदा हुनेबेलामा भेटघाट, कुराकानीको बिट मार्दै उनले भने– ‘लौ हङकङको दुःख यस्तै छ है सर ।’ विस्तारै त्यहाँबाट हिडे बूढा योद्धा । आँखामा अग्लाअग्ला सुइरेघरका दृश्य परे पनि मन चैँ मेरो कताकता हराइरहेको थियो ।
प्रहरीले मासुको सुकुटीमा लुकाएर हङकङ लैजाने तयारीमा रहेको चरेश सहित दुई जनालाई समातेको छ। लागूऔषध नियन्त्रण ब्युरोले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी चरेससहित दुईजनालाई समातेको हो।
तीन किलो चार ग्राम चरेश सहित दुई जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।
हङकङका पूर्व सुरक्षा उपप्रमुख रेगिना आईपीले यहाँका गैर संस्थापन पक्षलाई समेत लिएर अघि बढ्ने अठोट साथ हङकङको राजनीतिक नेतृत्व सम्हाल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
पर्यटन क्षेत्रमा स्थापित ब्रान्ड फिसटेल ट्राभल्स एन्ड टुर्सले विगत १५ बर्षदेखि हङकङलाई आधारभूमि बनाएर सेवा दिइरहेको छ । फिसटेलले ३ बर्षको अथक प्रयासपश्चात नेपाली वेभ संसारमै पहिलो अत्याधुनिक ‘बिटूबि अनलाइन’ सेवा को सुरुआत गरेको छ ।
पोखराको पृथ्वीचोकमा रहेको हङकङबजारमा गएराति आगलागी हुँदा लगभग पाँच करोडभन्दा बढीको क्षति भएको छ । राति १० बजेको समयमा अचानक भएको आगलागीबाट बजारभित्र रहेका ३० वटा पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर नष्ट हुँदा सो क्षति भएको हो ।
विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक राजु बस्न्यातले तयारी सन्तोषजनक भएको बताएका छन् । नेपाली टोली बिहीबार आइसिसी विश्व कप एसिया छनोट प्रतियोगिता खेल्न हङकङ जाँदैछ ।
यस वर्ष मौसमी फ्लुका रुपमा परिचित इन्फ्लुएन्जा 'ए' र 'बी' भाइरस संक्रमण विगतभन्दा कडा पाइएको छ। राजधानी उपत्यकामा हङकङ फ्लु भनिने इन्फ्लुएन्जा 'ए' र बाहिरी जिल्लामा 'बी' भाइरसका बिरामी बढिरहेको चिकित्सक बताउँछन्।