१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

महिला क्रिकेट टोली हङकङतिर

काठमाडौं- विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक राजु बस्न्यातले तयारी सन्तोषजनक भएको बताएका छन् । नेपाली टोली बिहीबार आइसिसी विश्व कप एसिया छनोट प्रतियोगिता खेल्न हङकङ जाँदैछ ।

विश्वकप छनोटका लागि करिब ४५ दिन अभ्यास गरेको प्रशिक्षक बस्न्यातले बताए । उनले भने, ‘उपलब्धसमयअनुसार हाम्रो तयारी राम्रो भएको छ । जति सुविधा हामीले पायौं त्यसलाई पूर्ण रूपमा सदुपयोग गरेर प्रशिक्षणमा केन्द्रित भएका थियौं । प्रशिक्षणले खेलाडीको आत्मविश्वास बढाएको छ ।’

प्रतियोगिता खेल्न जाने टोलीलाई बुधबार राखेप सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरे ।

नेपालले छनोट प्रतियोगितामा आयोजक हङकङ, चीन र थाइल्यान्डको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष टोलीले अर्को वर्ष इङ्ल्यान्डमा हुने विश्वकपमा सहभागिता जनाउने छ । प्रतियोगिता असोज २३ देखि २७ सम्म चल्नेछ ।

प्रतिस्पर्धी सबै टोलीको स्तर समान रहेको प्रशिक्षक बस्न्यातले बताए । उनले भने, ‘प्रतिद्वन्द्वी सबै टोलीले थोरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । खेलको प्रदर्शनले समूह विजेता हुने टोलीबारे अनुमान गर्न सकिन्छ ।’

रुबिना क्षेत्रीको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा यसपटक सवनम राई, ज्योति पाण्डे र निर्मला शाहीले पहिलोपल्टस्थान बनाएका छन् ।

प्रकाशित: २० आश्विन २०७३ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App