२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रूसी सेनाको विमान दुर्घटनामा ३९ को मृत्यु

रूसी सेनाको विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ।रसियन एएन –२६ नामक विमान सिरियाको हेमिम एयरबेसमा दुर्घटनाग्रस्त हुन पुगेको रूसी सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

करेन्ट लागेर एकको मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा गाउँमा मंगलबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगा बस्ने ६० वर्षीय सुरेश मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ।

घडेरी खार्दा ढिस्कोले पुरिएर महिलाको मृत्यु

चितवनको विकट क्षेत्र लोथरको वान्द्राङमा घर बनाउन घडेरी खार्दै गर्दा माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ।

किसान र गोठालाबीच झडप हुँदा १० को मृत्यु

नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा १० को मृत्यु भएको छ। किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

बेनी नगरपालिका–९ गलेश्वरमा सोमबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको ज्यान गएको छ। गलेश्वरदेखि बेनी आउँदै गरेको ग १ त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको थियो।

बसको ठक्करबाट दुई प्रहरीको मृत्यु

पोखरामा बसको ठक्करबाट दुई प्रहरीको मृत्यु भएको छ। पोखराको विजयपुरमा बा ४ ख ५७५८ नम्बरको बसले ग ११ प ३६४५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलामा सवार प्रहरीद्वय सुशिल बानियाँ र प्रदिपकुमार यादवको मृत्यु भएको हो।

यूरोपमा शीतलहर, मृत्यु हुनेको संख्या १८ पुग्यो

युरोपका विभिन्न देशमा पछिल्लो साता देखिएको सुरु भएको शीतलहरका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । फेब्रुअरी २६ देखि आइतबारसम्म युरोपका विभिन्न मुलुकमा शीत लहरका कारण मृत्यु हुनेको संख्या १८ पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

आगलागीमा गम्भीर घाइते महिलाको ११ दिनपछि मृत्यु

आगलागीमा गम्भीर घाइते भएकी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा भञ्ज्याङकी ४५ वर्षीय रत्नमायाँ सार्कीको मृत्यु भएको छ। फागुन ९ गते बिहान भएको घर आगलागीमा गम्भीर घाइते भएकी सार्कीको शनिबार मृत्यु भएको हो।

भिरबाट खसेर बालिकाको मृत्यु

घाँस काटने क्रममा भिरबाट खसेर मेलौली नगरपालिका–९, विशालपुरकी १३ वर्षिया बालिकाको मृत्यु भएका छ। घर नजिकैको वनमा घाँस काटने क्रमा भिरबाट खसेर मोहन लुहारकी छोरी सरस्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

तानसेनमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

तानसेन नगरपालिका–१२ वीरपोखरामा जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ। ड्राईभर सहित अन्य पाँच जना घाईते भएका छन्। मृत्युहुनेमा तानपा–१२ लुहुङ्ग बस्ने चित्रबहादुर थापा र अन्दाजी ३५/४० वर्षीय महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बुर्किनाफासोमा आतंककारी आक्रमण, १६ को मृत्यु

बुर्किना फासोको राजधानी औगादोगुमा आतंककारी आक्रमण हुँदा १६ जनाको मृत्यु भएको छ।राजधानी औगादोगुमा रहेको फ्रान्सेली दूतावास लक्षित आक्रमण भएको थियो।

मृत्युबाेध : जीवन जिउने कला

‘श्रीदेवी डाइज एट फिफ्टी फो ।’नहेरुँ भन्दाभन्दै खोलिहालिने फेसबुकको टाइमलाइनमा थुप्रै विदेशी समाचारका लिंक सेयर भइसकेका रहेछन् । धेरै भएको थियो, यी बलिउडकी चर्चित अभिनेत्रीका तस्बिर नदेखेको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्