२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विश्वविद्यालयमा आक्रमण हुँदा ५ को मृत्यु

अफगाननिस्तानको राजधानी काबुलमा रहेको एक सैन्य विश्व विद्यालयमा आक्रमण हुँदा ५ जनाको मृत्यु भएको छ ।

गार्डको हत्या, ठक्करबाट एकको मृत्यु

काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ।इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको काठमाडौँ प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमा संग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

ट्र्याक्टरको ठक्करबाट मृत्यु

सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बरहिवीरपुरमा आज ट्र्याक्टरको ठक्करबाट ६५ वर्षीय ठिठर मरिकको मृत्यु भएको छ।

काबुलमा एम्बुलेन्स बम विस्फोट : ९५ को मृत्यु, १५८ घाइते

अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ। साथै यसमा परी १५८ जना घाइते भएका छन्। यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ।

टिपरले किच्दा कामदारको मृत्यु

टिपरले किच्दा ओखलढुंगामा एक कामदारको मृत्यु भएको छ। बा २ ख ९५६४ नम्बरको ढुंगा ओसार्ने टिफरले किच्दा सिद्धिचरण नगरपालिका–५ बर्णालुमा सडक निर्माणका काम गरिरहेका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–८ केरुङका १८ वर्षीय बिवायिसी तामाङको मृत्यु भएको हो।

जीप दुर्घटनामा दुईको मृत्यु

याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी, ४१ को मृत्यु

दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ। दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो।

आगलागीमा परि ३३ जनाको मृत्यु

दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको दक्षिण–पुर्वी शहरमा रहेको सेजोङ हस्पिटलको पहिलो तल्लामा आगलागी भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

ट्र्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ।

इटालीमा रेल दुर्घटना, कम्तीमा तीनको मृत्यु

इटालीको आर्थिक सहर मिलान नजिकै बिहीबार भएको रेल दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।रेल दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको अग्निनियन्त्रक अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण, कम्तीमा दुईको मृत्यु

अफ्गानिस्तानको पूर्वी सहर जलालबादस्थित अन्तर्राष्ट्रिय सहायतासम्बन्धी संस्था ‘सेभ द चिल्ड्रेन’ को कार्यालयमा आक्रमण हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्