१० भाद्र २०८३ बुधबार
image/svg+xml

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन्।

भोटेकोशी बाढीमा २९१ विदेशीसहित ३८४ पर्यटक सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण ३८४ जना आन्तरिक तथा बाह्य पर्यटक सम्पर्कविहीन भएका छन्।

बाढीमा परेकाहरूको खोज उद्धार र राहतमा सक्रियता अपनाउन सरकारलाई ध्यानाकर्षण

सांसदहरूले रसुवाको भोटेकोशीबाट आएको बाढीले पारेको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै खोज उद्धार र राहतमा सक्रियता अपनाउन सरकारलाई ध्यानाकर्षण गराएका छन्।

गण्डकीमा एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

उद्धारमा सबै एकजुट हुन हर्क साम्पाङको आग्रह

प्रतिनिधिसभाका सदस्य हर्कराज राईले रसुवामा गएको बाढीका कारण विपद्का पीडितलाई तत्काल राहत र उद्धार गर्न एक जुट्नु हुनुपर्ने बताएका छन्।

गण्डकी सरकारबाट बाहिरियो एमाले

गण्डकी प्रदेशमा एमालेबाट प्रतिनिधित्व गरी सरकारमा गएका चार जना मन्त्रीहरूले आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सामूहिक राजीनामा पत्र बुझाएका हुन्।

भोटेकोशी बाढी : चीनतर्फ पनि ठुलो क्षति, खोजी तथा उद्धार तीव्र पार्न राष्ट्रपति सीको निर्देशन

नेपाल-चीन सीमा क्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण दुवैतर्फ ठुलो क्षति भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि पूर्ण प्रयास गर्न निर्देशन दिएका छन्।

रसुवा भन्सारका २६ जना कर्मचारी सम्पर्कमा

बुधबार बिहान चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले टिमुरेस्थित रसुवा भन्सार कार्यालयका सम्पूर्ण संरचना बगाएको थियो।

हेलिकप्टर उद्धार सहज बनाउन नुवाकोट पठाइयो १६ हजार लिटर क्षमताको 'रिफ्युलर'

नेपाल आयल निगमले बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका हेलिकप्टरलाई सहज रूपमा हवाई इन्धन उपलब्ध गराउन १६ हजार लिटर क्षमताको ‘रिफ्युलर’ गाडी नुवाकोट पठाएको छ।

रसुवा बाढी : उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

बुधबार बिहान आएको बाढीपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले बाढीबाट विस्थापित नागरिकप्रति सहानुभूति पनि प्रकट गरेका छन्।

संसद्‌मा गृहमन्त्रीले भोटेकोशी बाढीबारे जानकारी दिने

प्रतिनिधिसभाको आज बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे जानकारी गराउने भएका छन्।

भोटेकोशी–त्रिशूलीमा गएको बाढीले १९ पुल बगायो

भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ।

६ जिल्ला विपद् संकटग्रस्त घोषणा: उद्धारमा बिनाअनुमति ड्रोन प्रयोग गर्न पाइने

सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन बिनाअनुमति ड्रोन उडाउन पाइने विशेष व्यवस्था गरेको छ।

रसुवामा बाढीको वितण्डा : पूर्वसूचना प्रणाली मजबुद हुँदा पनि किन आएन विपद् सूचना ?

तिब्बती क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्दा बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले टिमुरे बजारदेखि रसुवागढी नाकासम्म ठूलो विनाश मच्चाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्