धार्मिक–पर्यटकीय सम्भावनाको अध्ययन गर्न १५ दिने पदयात्रा
पूर्वको नाम चलेको धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका सुनसरी सहित उदयपुर र धनकुटालाई समेटेर धार्मिक र पर्यटकीय सम्भावनाको अध्ययन गर्नका निम्ति धार्मिक अगुवाले आज शुक्रबारदेखि १५ दिने पदयात्रा सुरु गरेका छन्।बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कुम्भ स्थल चतराधामबाट पदयात्राको शुभारम्भ गरिएको हो। जसको औपचारिक उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरे।