५ आश्विन २०८१ शनिबार
image/svg+xml

तरुण दलको महाधिवेशन असोज ३ देखि ५ सम्म पोखरामा हुने

नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दलको अधिवेशन असोज ३ देखि ५ सम्म पोखरामा हुने भएको छ। आइबार राजधानीमा पत्रकार सम्मेलनमा पत्रकार सम्मेलन गर्दै चौथो महाधिवेशन असोज ३ देखि ५ गतेसम्म पोखरामा गर्ने जानकारी दिइएको हो।

युरोपबासी नेपालीबीच टुर दि पोखराको अभियान

‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल भन्दै सुरु भएको ‘टुर दि पोखराको’ अभियान युरोपको नेपाली समुदायसम्म पुगेको छ। युरोपमा बिभिन्न भेटबार्ता छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु गर्दै अभियानबारे जानकारी गराइएको हो।

पोखराबाट अपहरित भारतीय नागरिकको उद्धार, अपहरणकारी पक्राउ

कास्की- पोखरामा अपहरणमा परेका भारतीय नागरिक सोनु भन्ने खुर्सीद अहमदलाई प्रहरीले उद्धार गरेको छ। भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सुनौली जुगौली घर भई काम विषेशले पोखरा आएका उनी भदौ १२ गते अपहरणमा परेका थिए। अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरालाई 'अद्भूत गन्तव्य' बनाउन सुझाव

भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटन क्षेत्र अझै उकासिएको छैन। पाहुना अभावमा यो बेला पर्यटन क्षेत्र सुनसान जस्तै छ। पर्यटक नआउँदा व्यवसायी चिन्तित छन्। विदेशी पर्यटनमाझ पोखरालाई चिनाउने गतिलो 'ब्रान्ड' नहुँदा प्राकृतिक रुपमा पोखरा र सेरोफेरो सुन्दर हुँदाहुँदै पनि पाहुनाको आगमन बढाउन नसकेको व्यवसायी बताउँछन्।

पोखरा–बेनी सडक अबरुद्ध, वर्षाले ठाउँठाउँ पहिराे

पर्वत– वर्षाले ठाउँठाउँमा पहिरो जाँदा धौलागिरी प्रवेश गर्ने प्रमुख नाका अबरुद्ध बनेको छ। सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक र पर्वतको मालढुंगा–बेनी सडक अवरुद्ध बनेको हो। कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्ड ठप्प छ।

पोखराको रामघाट जलमग्न, २४ घण्टामा २२३ मिलिमिटर वर्षा

पोखरा– लगातारको वर्षाले सेती नदीको रामघाट क्षेत्र डुवानमा परेको छ। रातभरीको वर्षाले नदीमा वहाव बढेको र निकास साँघुरो हुँदा रामघाट क्षेत्र जलमग्न भएको हो। पोखरामा पछिल्लो २४ घण्टामा करिब २२३ मिलिमिटर वर्षा भएको हावापानी कार्यालयले जनाएको छ।

पोखरा-काठमाडौं रुटमा शौचालय सहितको बस

काठमाडौं—काठमाडौँदेखि पोखरासम्म दिनहुँ चल्ने सवारी साधनभित्र शौचालयको व्यवस्था गरिएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ।

पोखरा–नयाँदिल्ली उडान गर्ने बुद्धको तयारी

काठमाडौं– निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखराबाट भारतको राजधानी नयाँदिल्ली उडान गर्ने भएको छ। यसका लागि कम्पनीले आन्तरिक तयारी अघि बढाएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अर्काे सम्झौता

पोखरा–पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अर्थ मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आइतबार सहायक ऋण सम्झौता भएको छ। ब्याजदरमा कुरा नमिल्दा लामो समयदेखि यो सम्झौता हुन सकेको थिएन। सम्झौताले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन थप ढोका खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्